अनिष्ट र प्रतिकूल परिस्थितिसँग जुध्दै दर्शक र प्रतिस्पर्धाविहीन खेलमा सहभागी यी खेलाडी केवल आफूलाई जित्न, आफैँसित प्रतिस्पर्धा गरिरहेका छन्।
भैँसीलाई जंगलमा छाड्ने, पाडा पाडीका लागि जंगलमा गएर घाँस ल्याउने, भकारो सोहोर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन्।
चीनका ३२२ वटा शहरका अस्पतालका करिब २ लाख बिरामीहरूमा भएको अध्ययनले वायु प्रदूषणले मुटुको चाल अनियमित गराउने, हृदयाघात र पक्षाघातको जोखिम बढाउने औँल्याएको छ।
अभाव बढ्दै गएपछि परिवारले उनीहरूलाई छुट्टै राखे। श्रीमानको कमाइले पालिनै हम्मे भयो। अनि खालिदा घरबाहिर निस्किइन्। समाजको लान्छाना खेपेर सिलाइको तालिम लिइन्। अहिले एक्स्पोमा भाग लिन विदेशसम्म पुग्छिन्।
यात्राको सन्नाटामा तपाईं रुखहरू बोलिरहेका, नदी र खोलाहरू गाउँदै गरेका भेट्नुहुने छ। अनि सबभन्दा बढी तपाईं आफूलाई भेट्नु हुनेछ। पदयात्रामा जब आफू भेटिन्छ, निश्चित छ तपाईंको यात्रा सार्थक भो।
अमेरिकन हार्ट एसोशिएसनले चर्चित डाइट प्लानबारे गरेको अध्ययनले किटो, एट्किन र पेलिओ डाइट गर्ने अधिकांशमा मुटुसम्बन्धी समस्या देखा पर्ने जनाएकाे छ। साथै, पोषणबारेका गलत भ्रम चिर्न आवश्यक रहेको बताएको छ।
पछिल्लो जनगणनाअनुसार मुगुका झन्डै नौ हजारमध्ये पाँच हजार परिवार दियालोको भरमा छन्। सदरमुकाम आसपासका गाउँका बासिन्दा मोबाइल चार्ज गर्नसमेत गमगढी बजार पुग्छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। यहाँ रहेका छ हात्तीबाट वन्यजन्तुको सुरक्षाका लागि गस्तीसमेत गरिन्छ।
डा. टकर १०० वर्ष नाघिसके तर अहिले पनि सक्रिय रूपमा चिकिन्सा अभ्यास गरिरहेका छन्। उनी मेडिकल डाक्टर र नसा रोग विशेषज्ञका रूपमा सक्रिय छन्।
दाताको भरमा गुरुकुल सञ्चालन भइरहेको वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए। त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उनको भनाइ छ।
भनिन्छ– तालिममा धेरै पसिना बगाए लडाइँमा उति रगत बगाउन पर्दैन। ल्हार्के ला पार गर्नु भनेको पनि त लडाइँ नै हो। यतिबेला हामी तालिमकै चरणमा छौँ।
पाल्पाको रामपुरमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ। यहाँ गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजार रुपैयाँ र मह प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री हुने गरेको छ।
बालबालिकामा एन्जाइटी डिसअर्डर हुँदा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, आफूलाई नियन्त्रण गर्न नसक्ने र ढल्नेसम्म हुन्छ। बानी परिवर्तन हुन्छ। विद्यालय जान नमान्ने, एक्लै बस्ने गर्छन्।
विभिन्न सञ्चारमाध्यममा सरुवा रोग विज्ञहरूले ओमिक्रोनका सबभेरियन्ट संक्रामक भए पनि कम घातक रहेको बताइरहेका छन्। यसकारण आममानिसले सजगता नअपनाएर लापरबाही गर्न सक्छन्। त्यसले ‘आउटब्रेक’ निम्त्याउन सक्छ।
नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।
जन्मदेखि मृत्युसम्मका संस्कारमा टपरी प्रयोग गर्ने परम्परा छ। पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा टपरी बनाइन्छ। साल, कट्टुसलगायतको पातबाट तयार हुने टपरीको प्रयोग हिजोआज भने घट्दो क्रममा छ।
अंग्रेज शासनकै पालामा कलकत्ता पुगेर ईश्वरीप्रसाद दाहाल बेलायती सेनामा भर्ती भए। त्यहाँबाट फर्किँदा हार्मोनियम र लुगा सिउने कल लिएर आए। अहिले उनले लगाएको कमिज पनि कुनै समय आफैँले सिलाएका हुन्।
'अटिजमलाई रोगभन्दा पनि बालबालिकामा देखिने विशेष अवस्था र फरकपनको रूपमा मान्नु पर्छ'
बागलुङ नगरपालिका–४ कुँडुलेका ६७ वर्षीय टीकाराम सापकोटा बिहान उठेदेखि रातिसम्म तरकारी बारीमा भेटिन्छन्। चार दशकदेखि कृषि कर्ममा लागेका उनी अहिले जिल्लामा ‘तरकारी काका’ नामले परिचित छन्।
वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ।