AnonymousUser

Logout

पकाउने भाँडाले पनि स्वास्थ्यमा पार्छ असर

हामीसँग थरीथरी खानेकुरा पकाउन तथा पस्किन अनेकौँ प्रकारका भाँडावर्तन उपलब्ध छन्। स्वास्थ्यका लागि पोसिलो खानेकुरा जरुरी छ नै, खानेकुरा कस्ता भाँडामा पकाइन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।

श्रीलंकामा नेपाली सेफ प्रवीण क्षेत्रीलाई गोल्ड मेडल

पाँच वर्षको उमेरदेखि भारतको पन्जाब प्रान्तको जम्मुमा बसेका क्षेत्रीले पेसाले ‘कुक’ रहेका आफ्ना बुवाबाट नै खाना पकाउने विधा सिकेको बताउँछन्।

बच्चालाई अटिजम भएका आमाहरूको अनुभव– थेरापी र अभिभावकले दिने समय नै ‘उपचार’

चिकित्सकहरूका अनुसार अटिजम रोग नभई, मानसिक विकास परिपक्व रूपमा नभएको अवस्था हो। वंशाणुगतबाहेक लगातार मोबाइल र टीभी हेर्दा, लामो समय एक्लै बस्दा, साथीहरूसँग घुलमिल नहुँदा पनि यस्तो हुने सम्भावना हुन्छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन छ, कार्यान्वयन छैन

ऐनमा सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हुने उल्लेख छ।

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय जाने उमेरका बालबालिका पनि उक्त काममा जुटेका देखिन्छन्।

यसपालि पनि फैलिन सक्छ डेंगी, यसरी अपनाऊँ सावधानी

गर्मी ठाउँमा मात्र देखा पर्ने विश्वास गरिँदै आएको डेंगीले महामारीको रूप लिँदा अघिल्लो वर्ष काठमाडौँवासीलाई समेत अत्याएको थियो। यस वर्ष संक्रमण फैलिन नदिन रोकथामका उपायतिर लाग्ने बेला भयो।

फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

चितवनको इच्छाकामना–१ का चेपाङ समुदाय तरकारी खेती र पशुपालनमा लागेका छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान थालेको गाउँपालिकाले जनाएको छ। 

काठमाडौँमा यौनिक अल्पसंख्यकको गौरवयात्रा

विश्वभर ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो महिना विशेष हुने गरेको छ।

प्रम दाहालको त्यो लज्जाबोध मुहार

भैँसीको नश्ल सुधार किसानको जीवनस्तर उकास्ने आधार बन्न सक्थ्यो। तर ‘भैँसीराँगा’ शब्द उच्चारण गर्दा प्रमको अनुहारमा देखिएको हीनभावले किसानको शिर निहुरेको छ।

यात्रा अनुभवः युद्धमा रहेको रुस पुग्दा

रुसी बजारमा यतिबेला अमेरिकी डलर कार्ड वा नगद कहीँकतै पनि चल्ने अवस्था छैन। बरु, युरो र भारतीय रूपैयाँको कारोबार सहज देखियो। कतिपय साथीहरूले अमेरिकी डलर बोकेकै भरमा बेखर्ची हुनुपर्ने अवस्था आयो।

काठमाडौँमा कसरी गरिखाँदैछन् ठेला र साइकलमा व्यवसाय गर्नेहरू?

गत वर्ष भएको स्थानीय तह निर्वाचनपछि काठमाडौँमा ठेला र साइकलमा व्यवसाय गर्नेको जीवन संकटतिर धकेलिएको छ। कतिपयले कम आम्दानी हुने वैकल्पिक पेसा थालेका छन्, कोही भने लुकिछिपी व्यापार नै गरिरहेका छन्।

अव्यवस्थित ग्रामीण सडकले कुरूप बन्दै गाउँ

ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्र भएको लोकमार्गलाई क्षति गर्ने गरेको छ भने सडकभन्दा तलका धेरै बस्ती विस्थापित भएका छन्।

तीन महिलाको पौरखः इन्द्रचोकको चोखाछेँ गल्लीमा पाक्छ नेवारी परिकार

इन्द्रचोकको चोखाछेँ गल्लीभित्रको साँगुरो चोकमा दिनैभरिजसो भीड लाग्छ, महिलाहरूले चलाएको खाजा पसलमा ग्राहकहरू विशेषगरी योमरी, बारा, र चिया खान पुग्छन्। 

एक ‘अराजक’ कलाकारको भित्ताप्रेम

सर्वसाधारणले कला बुझ्दैनन् वा बुझ्न सक्तैन भन्ने मानसिकता चिर्न भित्तेचित्र अभियान चलाइरहेका कलाकार लक्ष्मण श्रेष्ठ भन्छन्– घरका भित्ता तथा पर्खाल सार्वजनिक हुन्, चित्र कोर्न पाउनुपर्छ।

'रक क्लाइम्बिङ' गर्न जाने होइन दोलखा?

दोलखाको सोक्ला गाउँमा जेठ १८ र १९ गते 'रक क्लाइम्बिङ' महोत्सव आयोजना गरिएको छ। उक्त स्थानलाई साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ।

इख र संघर्षले खेलाडी बनेकी सिर्जना

फरक क्षमताकी सिर्जनाले, भाग लिएका पाँच अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामध्ये तीनमा पदक जितेकी छन्। नौ महिनादेखि एशियाडको तयारीमा जुटेकी उनले स्वर्ण जित्ने अपेक्षा गरिएको छ। 

व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार

बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार क्षेत्रमा आवश्यक पर्ने विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ।

लेक चढ्न थाले भेडी गोठ

पहिला लेकतिर हजारौँ भेडाबाख्रा हुने गरे पनि,पछिल्लो समय गोठ राख्ने चलन हराउँदै गएको भेडा गोठाला बताउँछन्। युवापुस्ता लेकमा बस्न छाडेको हुँदा धेरैले घरैमा खोर बनाएर भेडाबाख्रा पाल्न थालेका छन्।

मदिरामा मिसाउने मना बनाउने ठाउँ

मल्लकालीन बस्तीको रैथाने पेसा बिस्तारै संकटमा पर्दै गएकाले कानूनी अंकुश लगाउनुको सट्टा प्रोत्साहन गरिनुपर्ने सरोकारवालाको जोड छ।

अभिभावकका कारण मोबाइलको लतमा फस्दैछन् बालबालिका

मोबाइलको लतले बालबालिकाको बाहिर गएर खेल्ने, आफन्त वा चिनेजानेकासँग घुलमिल भएर बोल्ने, साथीभाइ बनाउने, घुलमिल गर्ने व्यवहार कम हुँदै गएको छ।