इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरूको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनको भनाइ छ।
सुन्तला गाउँका रूपमा परिचय बनाएको बागलुङको सिगानामा वार्षिक रूपमा मौसमी सुन्तला बिक्रीबाटै तीन करोड रुपैयाँ भित्रिँदै आएको छ।
पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको छाना विस्थापित गरिरहेका छन्। बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ।
चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन्।
नेपाली कागज बनाउन प्रयोग हुने लोक्ता ताप्लेजुङ, बझाङ, बाजुरालगायत जिल्लाका वनमा पाइन्छ। तर लोक्ता संकलन गर्ने युवा विदेश पलायन हुँदा काठमाडौँका नेपाली कागज उद्योग प्रभावित बनेका छन्।
नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरूको गुनासो छ।
जंगली रातो च्याउ सुकाएपछि किलोको ९ हजार रुपैयाँसम्ममा बिक्ने रहेछ। प्राकृतिक स्रोतमा हामी यति सम्पन्न छौँ। तर न पहिचान गर्न सकेका छौँ, न प्रयोग। यी जडीबुटी अब चीन पुग्नेछन्।
नेपालमा स्वास्थ्य सेवाकै लागि बेलायती नागरिक शेर्ली हेवुड चिकित्सक बनेकी थिइन्। २० वर्षअघि नेपाल आएकी डा. शेर्लीको कारण कर्णालीका महिलाको लागि ‘निको नहुने रोग’ बनेको फिस्टुलाको उपचार सामान्य भएको छ।
चिया पसलमा कोही गफिन, कोही थकाइ मार्न र कोही कसैलाई पर्खिन पुग्ने गर्छन्। घरमा पाहुनाको सत्कार चियाबाटै हुन्छ। एक चिया पसलका सञ्चालक भन्छन्- चिया मान्छेहरूबीचको 'कनेक्सन' हो।
बर्सेनि हजारौँ नेपाली महिला गैरकानूनी बाटो घरेलु काममा प्रतिबन्धित देश गइरहेका छन्। त्यहाँ पुगेकामध्ये कतिपय बेचबिखनमा पर्छन् र कैयौँले शोषणमा परेर सामाजिक सञ्जालमार्फत् उद्धारको गुहार मागिरहेका छन्।
दशैँतिहार, छठपर्वको आगमनसँगै काठमाडाैँको महाबौद्धमा चहलपहल बढेको छ। चाडपर्वका बेला व्यापार बढ्ने हुँदा भरियालाई पनि भारी बाेक्न अहिले भ्याईनभ्याई छ।
आफूले खाएर बचेको तरकारी बारीबाट नै बिक्ने भएपछि बजारको सहज पहुँच भएका गृहिणी पनि उद्यमशील बनेका छन्।
कृष्णकुमारी राईले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन्। उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन्।
घिस्रिएरै स्कुल आउजाउ गरिरहेका उनलाई कृत्रिम खुट्टाले ठमठम हिँडेको दिन दोस्रो जन्म पाएको महसुस भयो। पहिले भारी लाग्ने शरीरलाई नयाँ खुट्टाले हलुकासँग हिँडाएपछि केही न केही काम थाल्ने उत्साह थपियो।
पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि भेडा लिएर लेकबेँसी गर्नु परम्परा जस्तै बनेको छ। यहाँ एकै परिवारले एक हजारसम्म भेडा पाल्दै आएका छन्।
रुन्टीगढी गाउँपालिकाले कृषि उत्पादन व्यवस्थित गर्दा भारतको सीमावर्ती क्षेत्रबाट समेत तरकारी खरिदकर्ता स्थानीय हाट पुग्ने गरेका छन्। अहिले रोल्पाका पालिकाहरूले कृषिबाटै समृद्धिको योजना बनाइरहेका छन्।
शरदयामको शुरूआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्।
गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पादन गर्ने प्रयासमा लागेको दाहालले बताए।
कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन्। परिवारका एकमात्र सन्तान कुशलको प्रदर्शनले विदेशमा रहेका उनी झनै खुशी छन्।
ज्ञानेन्द्रका अधिकांश ग्राहक विदेशी नागरिक नै हुन्। उनका अनुसार बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्। तर उनले बनाएका धेरैजसो टिप्ली भारत र चीन जान्छन्।