तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। पर्यटन विकासको समितिको तथ्यांकअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन्।
उनको अगुवाइमा चलेका निःशुल्क ट्युसन कक्षामा ५४० दलित विद्यार्थीले पढिरहेका छन्। गाउँघरका बालबालिकालाई अशिक्षाको अन्धकारबाट शिक्षाको ज्योतितर्फ डोर्याएका मनोजले आफैँ भने कहिल्यै ट्युसन पढ्न पाएनन्।
सामुदायिक वन उपभोक्ता महासंघका अनुसार देशभर वनमा आधारित करिब तीन हजार साना उद्यम सञ्चालनमा छन्। ती उद्यमबाट करिब १५ हजार महिलाले प्रत्यक्ष रोजगारी पाएका छन्।
नेपालगन्जका मोहम्मद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन्। उनले आठ वर्षको हुँदा नै बाजेसँग माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन थाले। बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिके।
गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् ।
भक्तपुरमा उत्पादन भएका पाला उपत्यकासहित धुलिखेल, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगन्जलगायत स्थानमा बिक्री हुने गरेको छ।
कोभिड–१९ को महामारीका बेला 'लकडाउन' भएपछि त्यत्तिकै घर बसेर समय कटाउँदाको पट्यार भुल्ने उपायस्वरूप पूर्णिमाले 'पोर्टरी'मा लगाब बढाएकी थिइन्।
अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी असारदेखि नै बेँसीतर्फ झार्न थालिएको छ। अब होचा स्थानमा, घर वरपर नै गोठ राखिने स्थानीयको भनाइ छ।
कृत्रिम फूल प्रयोगकर्ता घटेर प्राकृतिक फूलमा आकर्षण बढ्दा धनुषामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गंगा यादवको भनाइ छ।
गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रूपमा पर्यटक वृद्धि भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालयले जनाएको छ।
मुगु जिल्लाकै अग्लो स्थानमा रहेको स्टेसन हो मुर्मास्थित रिले स्टेसन। २०० किलोवाट क्षमताको सोलार पावरबाट सञ्चालित यो स्टेसन कर्णालीको एक मात्र सोलार बत्तीजडित रेडियो स्टेसन हो।
स्तन क्यान्सरबाट महिला मात्र नभई पुरुष पनि पीडित छन् भन्ने उदाहरण हुन् ज्ञानु पाख्रिन। महिलाको तुलनामा पुरुषलाई निकै कम मात्र स्तन क्यान्सर हुन्छ। अहिले रोगमुक्त ज्ञानु जनचेतना फैलाउने काममा छन्।
२० लिटर दूध टाउकोमा राखेर दिनहुँ ६ किलोमिटर टाढाको जनकपुर हिँडेरै आउजाउ गर्ने उनी बिहान ४ बजे नै उठ्छिन्। शहरका सडक र गल्ली चहार्दै दूध बाँडेर फर्किँदा दिउँसोको २ बजिसक्छ। यो १५ वर्षदेखिको दैनिकी हो।
दक्षिणकाली–हेटौंडा सडक भएर, थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ।
१२औँ सागमा रजत र १३औँ सागमा स्वर्ण जितेकी उसु खेलाडी जुनु राई खेलजीवनबाट सन्न्यासको तयारीमा छिन्। तर उनको जितको भोक सकिएको छैन। सन्न्यासअघि साग वा दक्षिण एशियाली खेलमा पदक जित्ने लक्ष्यमा छिन्।
घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएका छैनन्।
एक्लै गएर ठीकै गरेछु। मसँग जाने सल्लाह गरेका एक जनाबाहेकका साथी मजति पनि हिँड्न सक्दैनथे। त्यसले यात्रा थप दुई दिन लम्बिन्थ्यो। साथीबिनाको पदयात्राले मलाई देशका सबै ठाउँमा एक्लै घुम्ने आँट आएको छ।
उच्च पहाडी भेगमा पाइने दुर्लभ रातो च्याउ खोज्न जुम्लाको पातरासीस्थित खालीका स्थानीय वर्षात् सकिएपछि वनतर्फ लाग्छन्। सुकेका रूखमा मात्र पाइने यो च्याउ टिप्न जोखिम भएको स्थानीय बताउँछन्।
वर्षाको पानीका कारण खेतमा हिलैहिलो भएकाले केहीलाई धान भित्र्याउन समय लाग्यो।
बाख्रापालन गरेर जीवन धानेका डडेलधुराको भित्री मधेशका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्छन्।