मनाङमा कात्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो साताबाट हिमपात हुनुपर्ने भए पनि गत वर्ष फागुन अन्तिम सातासम्म हिमपात भएन। वातावरणमा परिवर्तन आएकाले मनाङमा पर्याप्त हिउँ पर्न नसकेको स्थानीय बताउँछन्।
परम्परागत रूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन्।
सडक सुविधा सहज बनेपछि गाउँलेहरू कृषि उद्यममा लागेका छन्। पहिले बसाइँ सरेर तराई गएकाहरू पनि फर्किन थालेका छन्।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रयोगविहीन झोलुङ्गे पुलको विवरण संकलन र स्थानान्तरण गर्न पाउने कानून बनाउने तयारी गरिरहेको जनाएको छ।
समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको तालमा जमेको पानी हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ।
कुनै समय रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्रिलोकको तलब ७० हजार रुपैयाँ थियो। १० वर्षअघि त्यहाँबाट फर्किँदा तलब २ लाख पुगिसकेको थियो। त्यसपछि, स्वदेशमै व्यवसाय थालेका उनी २५ जनालाई रोजगारी दिन्छन्।
हिमपात भएसँगै हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने हुन्छ। यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले जोखिम क्षेत्र पहिचान गरेर मात्र हिँड्नुपर्छ।
महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने विभेद र हिंसा घटाउन सकिने अनिताले बताइन्।
स्विटर बुन्ने ४५ दिनको तालिमले स्थानीय २० जना महिलालाई स्वरोजगार बनाएको हो। उनीहरूले ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नामक स्विटर उद्योग नै सञ्चालनमा ल्याएका छन्।
पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड खानेबाहेक केही जान्दैनन्’ भन्ने खराब भाष्यका कारण फर्कन बाध्य भएको धेरैको गुनासो छ।
धेरै वर्षपछि जब राजनीतिमा चासो बढ्यो, तब ती मान्छेका विद्वेषपूर्ण कुरा सम्झेँ। हेर्दा सामान्य लागे पनि ती आरएसएस कार्यकर्ताले उतिखेर बालमष्तिस्कमा विष भरेका थिए।
काठमाडौँमा फराकिलो क्षेत्र ओगटेका महँगादेखि सडक किनारामै खुलेका सामान्य चिया पसलमा उस्तै भिड हुन्छ। नेपालमा चिया पसल खुल्न थालेको पुगनपुग आठ दशक हुँदा धेरैको प्रिय पेय भएको छ।
गैँडाकोटका गुप्तप्रसाद रेग्मीले फलफूल खेती थाल्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे। धनकुटा पुगेर बिरुवा ल्याएर खेती शुरू गरेको उनको भनाइ छ।
पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको व्यापारीको भनाइ छ।
तनहुँमा गत वर्ष २९ करोडको सुन्तला उत्पादन भएको थियो। यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौँका बजारमा पुग्ने गरेको छ।
पर्वतारोही निर्मल पुर्जालाई जर्मन सस्टेनेबिलिटी अवार्डस्मा आईएसपीओ कपबाट सम्मान गरिएको छ।
पौडेललाई विविधअन्तर्गत डिजिटल सञ्चारमाध्यमका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित गरेको गुप्ताले बताए।
मनोजले सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको केन्द्रले जनाएको छ।
अहिले पनि ओलाङचुङगोला हुकरले १७५ वर्षअघि देखेजस्तै छ। छेवैबाट तमोर बग्छ। नदीको पूर्वपट्टि बस्ती छ। कतिपय ठाउँमा फट्केर नै नदी तर्न सकिन्छ। वरिपरि तालीसपत्र र धुपीसल्लाका रूख छन्।
कठिन भौगोलिक अवस्थाका कारण तरकारी उत्पादन लागत बढी पर्न जाने र भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा आफूहरू मर्कामा परेको कृषकको गुनासो छ।