AnonymousUser

Logout

भक्तपुरमा देखियो युरोपको रैथाने चरा 

गौँथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा नेपालको पहाडी भूभागमा पहिलो पटक देखिएको हो।

काठमाडौँ शहरको ऐतिहासिक समयसूचक घण्टाघर: अब कसले बचाउला!

घण्टाघरलाई पुरानै अवस्थामा फर्काएर घडी चलाउने कुरामा अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि चासो देखाएका छैनन्।

साउदी अरबमा अत्यधिक गर्मीका कारण ६४५ हजयात्रीको मृत्यु

मृत्यु हुनेमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिक छन्। भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको छ।

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो।

पशुपतिको भेटी चोरीका ५ आरोपित पुर्पक्षका लागि कारागार चलान 

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ।

पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

बेँसीशहर नगरपालिका– ६ खरखरेभिरमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ। 

चितवनमा चैते धानको उत्पादन वृद्धि, मूल्य भने घट्दो

खैरहनी नगरपालिकामा यस वर्ष १४ हजार २७० मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान छ। गत वर्ष नौ हजार ८७६ मेट्रिक टन उत्पादन भएको थियो।

तेस्रो ठूलो मुस्लिम बहुल मुलुकमा मुस्लिममुक्त मन्त्रीमण्डल

करिब २२ करोड मुस्लिम आबादी रहेको भारत इन्डोनेसिया र पाकिस्तानपछि सबैभन्दा धेरै मुस्लिम बसोबास गर्ने देश हो। पछिल्लो मन्त्रीमण्डलमा ७१ जना मन्त्रीले शपथग्रहण गर्दा त्यहाँ एक जना पनि मुस्लिम परेनन्।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रवक्तालाई नै सूचनाप्राप्तिमा चुनौती

संघीय मन्त्रालयका अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन्।

सिधाकुरा अनलाइनको विवाद वृहत् पूर्ण इजलासमा सुनुवाइ हुने

न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले न्यायिक ब्याख्याको आवश्यकता भएको उल्लेख गर्दै वृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो।

पुटिन र किमले गरे रक्षा सम्झाैतामा हस्ताक्षर, के छ त्यसमा खास?

​​​​​​​सम्झौतामा हस्ताक्षरपछि किम जोङ उनले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचावट’ जवाफ दिने बताए।

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप २ जना पक्राउ

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या २० जना पुगेको सीआईबीले जनाएको छ।

ब्लुबुक किर्ते गर्दै अर्काको गाडी बेचेको आरोपमा ४ जना पक्राउ

सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौँको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।

पुल्चोकमा हडपिएको सार्वजनिक जग्गाः वडासचिवलाई दिइएको थियो ज्यानकै धम्की

व्यवसायी अरूण चौधरीको कम्पनी, हिमालयन इन्टरप्राइजेजको नाममा पुगेको सार्वजनिक जग्गा दर्ता गर्न नमानेका तत्कालीन वडासचिव बाबुराजा डंगोलले आफूलाई मार्ने धम्की आएपछि सर्जमिन–सिफारिस गरिदिएको खुलाएका छन्।

समस्याग्रस्त ३ सहकारीको बचत फिर्ता

कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्यान्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

ललितपुर महानगरको नीति तथा कार्यक्रममा आयोजना र श्रम बैंक

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैंक र श्रम बैंकलाई समेटेको छ।

किसान

दूधको भुक्तानी माग्दै आन्दोलित किसानमाथि प्रहरीको धरपकड

दुग्ध विकास संस्थानलगायत डेरीबाट लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको छ। किसानहरू काठमाडौँको लैनचौरिस्थत दग्ध विकास संस्थानमा धर्ना दिन पुगेका थिए। दुग्ध सहकारी संघको अगुवाइमा देशभरका दुग्ध किसान भुक्तानी माग्दै काठमाडौँ आएका हुन्।

सामान्य अंकले बढ्यो शेयर बजार

बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा कायम भएको छ।

प्रतिनिधिसभा बैठक: खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन्।