शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको छ।
नेपालमा गत वर्ष करिब ३५ हजार जना आन्तरिक बेचबिखनमा परेका र अहिले १५ लाख जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।
कोशी, मधेश, बागमती र गण्डकीका अधिकांश र लुम्बिनीका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।
वीरगन्ज महानगरको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा एवं स्वास्थ्य, सरसफाइ एवं वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार, डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।
दार्चुलामा सिकार गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा गोली लागेर एक जनाको मृत्यु भएको छ।
डोल्पाको फोक्सुन्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
महाकाली नदीमा नुहाउने क्रममा डुबेर बैतडीका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
मधेश प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ।
भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौँका सार्वजनिक पुस्तकालयमा कतै पाठक खचाखच छन् त कतै सुनसान हुन्छ। पुस्तकालय धाउनेहरू प्रायः लोकसेवा परीक्षा तयारी गरिरहेका र अनुसन्धानकर्मी हुन्छन्। साहित्यका पुस्तक पढ्न जाने भने थोरै हुन्छन्।
कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।
मिनाकुमारीले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ।
युक्रेनले देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रुसले रातारात ‘ठूलो’ आक्रमण गरेको जनाएको छ। रुसी आक्रमणबाट युक्रेनको आधा ऊर्जा क्षमता नष्ट भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।
आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
‘वर्षैपिच्छे जस्तो साहित्य सेमिनार, गोष्ठि, चर्चा–परिचर्चा र फाटफुटे सांस्कृतिक प्रदर्शन जस्ता सस्ता देखावटी प्रचारलाई नै हामीले प्रज्ञा प्रतिष्ठानको उपलब्धि मान्नु परेको छ तर यति नै वास्तविकता हो त?’
च्याउ खाएर बिरामी परेका ८५ वर्षीय द्रोणपति गुरुङको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि युद्धपोत विमान पठाएको हो।
तीन जना सवार मोटसाइकल दुर्घटना हुँदा मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएको प्रहरीले जनाएको छ।
पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा लिइन्छ। काठमाडौँबाट दुई दिनको यात्रा गरेर यहाँ पुग्न सकिन्छ।