AnonymousUser

Logout

नेप्से परिसूचक १८.७६ अंकले घट्यो, ४ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा कायम भएको छ।

ध्रुवचन्द्र गौतमको कृति ‘गाँती’ सार्वजनिक

आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति ‘गाँती’ सार्वजनिक भएको छ। 

भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कपाल प्रत्यारोपणको ‘राजधानी’ कसरी बनिरहेको छ टर्किए?

कपाल प्रत्यारोपणलाई टर्किएले स्वास्थ्य पर्यटनकै रूपमा विस्तार गरेको छ। विविध कारणले टर्किए कपाल प्रत्यारोपणको प्रमुख गन्तव्य बन्दै गइरहेको छ।

राजेन्द्र लिंदेनले रोस्टममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका 

मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा लिंदेनले भौतिकमन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै अर्बौं रुपैयाँ विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन्।

मध्य अमेरिकामा भारी वर्षा र पहिरो: १३ जनाको मृत्यु

एल साल्भाडोर र ग्वाटेमालामा शनिबारदेखि नै वर्षा भइरहेको छ। राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोल खस्दा अन्य दुई जनाको मृत्यु भएको छ।

सुनको मूल्य स्थिर, चाँदी बढ्यो 

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ।

व्यवसायजन्य सुरक्षाको जोखिममा श्रमिक, नीतिगत व्यवस्थाको अभाव

देशको राजधानीमा काम गर्ने श्रमिक नै व्यवसायजन्य सुरक्षाका साथै न्यूनतम खर्च धान्न पुग्ने पारिश्रमिकबाट समेत वञ्चित भइरहँदा अन्य भागमा काम गरिरहेका मजदुरको अवस्था झनै चुनौतीपूर्ण छ।

इटलीमा दुईवटा जहाज डुब्दा ११ आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

तटरक्षकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। बेपत्ता भएकाहरू अफगानिस्तान र इरानबाट आएको बताइएको छ।

अफगानिस्तानमाथि वेस्टइन्डिजको १०४ रनको जित

२१९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त:  डेढ वर्षमा २५ प्रतिशत प्रगति

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको सूर्यविनायक–धुलिखेल सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ मात्रै बजेट निकासा गरेको छ।

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

लुक्लामा गत जेठ २६ गतेदेखि उडान हुन नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका छन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज र हेलिकप्टरले उडान भर्न नसकेका हुन्।

मध्यपहाडी लोकमार्ग: भालुखोला र मेवाखोलामा पक्की पुल

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो।

कहाँ छ ‘सनातन’ को जरो?

शिवलिंगसँग ठ्याक्कै मिल्ने कैयन् संरचनामध्ये एक चौथो शताब्दीको संरचना मथुराको संग्रहालयमा राखिएको छ, जहाँ स्पष्ट रूपमा लेखिएको छ, ‘बुद्ध स्तूपको चौकी’।

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै एक साता लाग्ने

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले संघीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ। 

दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै गृहणी

शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढवा दिनुपर्ने बताउँछन्।

इजरायली प्रधानमन्त्रीले भंग गरे युद्ध मन्त्रिपरिषद्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्ध युद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको युद्ध मन्त्रिपरिषद् भंग गरेका छन्।

अर्ब खर्चेर किनिएका मौसमी राडार पाँच वर्षमै नचल्ने अवस्थामा

मौसमजन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न स्थापना गरिएका मौसमी राडार सञ्चालनमा दक्ष जनशक्ति नहुँदा चुनौती देखिएको छ। सुर्खेत, उदयपुर र पाल्पामा झन्डै एक अर्ब खर्चिएर यस्ता राडार स्थापना गरिएको हो।

योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन

निर्माण कम्पनीको अटेरीका कारण पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई आवतजावतमा समस्या भएको छ।