सत्तापक्षीय सांसदहरूले विधेयकको सकारात्मक पक्षलाई जोड दिँदै आलोचनात्मक टिप्पणी गरे भने प्रतिपक्षी दलका सांसदहरूले बजेट छरिएको, आर्थिक अनुशासन कायम गर्न नसकेको टिप्पणी गरे।
वैदेशिक रोजगार विभागले केही दिनअघि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा श्रमिकको लागि गरेको विज्ञापन रद्द गर्न माग गरिएको छ।
तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले उकालो लागेर २०५३.३८ विन्दुमा पुगेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो।
अघिल्लो महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए। तर उनको निर्णयले आफैँमाथि मार पर्ने जोखिम देखिएको छ।
वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्।
राजनीतिक अधिकार र प्रेस स्वतन्त्रता रक्षाका पक्षमा निरन्तर खबरदारी गर्दै आएको अगुवा नागरिक संस्था नेपाल पत्रकार महासंघको छविमा कहिल्यै नमेटिने दाग लागेको छ।
अनुसन्धानका क्रममा ३० अर्ब ८२ करोड २२ लाख मूल्य बराबरको ३ हजार १९४ किलो सुन तस्करी भएको सीआईबीले निष्कर्ष निकालेको छ।
सर्लाहीबाट जन्ती लिएर लहानतर्फ जाँदै गरेको बस सडक छेउमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन्।
नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको छ। बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा पनि वृद्धि भएको छ।
काठमाडौँ महानगरले सडकपेटी सुधार र मर्मतको अभियान थालेपछि अपाङ्गता भएकाहरूलाई पनि हिँड्न सहज हुँदैछ। तर कतिपय ठाउँमा सडकपेटीमै बनाइएको विभिन्न भौतिक संरचनाका कारण अवरोध कायम छ।
जमैकालाई हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको छ। समूह चरणका सबै खेलमा हार बेहोरेको जमैका भने बाहिरिएको छ।
पहिरोमा पुरिएर भेरी नगरपालिका–४ इवरमा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ । घाइते भएका उनका बुवा रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको बताए। अब बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुंगेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ।
मुद्दा दायरबिनै विद्यार्थी नेता उमर खालिदले चार वर्ष जेल बिताएका छन्। सरकारसँग बलियो प्रमाण थियो भने उनलाई अनिश्चितकालका लागि जेलको कोठरीमा सडाउनुको सट्टा अदालतमा मुद्दा चलाउनु पर्थ्यो।
सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग र स्पेनले जर्मनीसँग खेल्नेछन्।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन्।