AnonymousUser

Logout

‘अदालती फैसलापछि हामी चुपचाप बसेका छौँ’ 

‘चिया विकास निगम कहाँ छ अहिले? यसमा किन कोही बोल्दैनन्? संसद‍्मा यसबारे किन प्रश्न उठ्दैन? मिडियाकर्मीहरू पनि यो विषय किन देख्नुहुन्न?’

गोरखा–आरुघाट सडक: हट्यो जुगेपानी पहिरोको सास्ती

गोरखा–आरुघाट सडकखण्डको जुगेपानी पहिरोका कारण २० वर्षदेखि यात्रीले हैरानी खेप्दै आएका थिए। यस वर्ष पहिरो रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको छ।

नेपथ्य अमेरिका शृंखला: मेरिल्यान्डमा झुमे दर्शक

अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए।

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती

रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने उल्लेख छ।

सिन्धुपाल्चोकको शिखरपुर केन्द्र भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

उत्पीडन सहँदै कहिलेसम्म महिलाले ‘घर जोगाउने’?

छोरीको विवाहपूर्व उनको भावी घर कत्तिको सुरक्षित छ, ‘पार्टनर’ कति सुझबुझयुक्त छन्, बुझ्नुस्। बिहेपछि पनि कुनै विषयमा तनाव भइराखेको छ कि सोध्नुस्। ‘ऊ त ज्वाइँकी भई’ भनेर ढुक्कले नबस्नुस्।

खहरे खोलामा बाढी: धरानका बस्ती जोखिममा

खहरे खोलामा आएको बाढीले धरान–१३ का सात घरमा क्षति भएको छ। करिब १० घर बढीको उच्च जोखिममा छन्।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशीकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्युठानको माण्डवीमा ७ वर्षदेखि बन्द घरमा मानव कंकाल फेला

प्रहरीले कंकालको डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण रिपोर्टका आधारमा अनुसन्धान शुरू गर्ने जनाएको छ।

दैजी–जोगबुढा सडक ५ पटक म्याद थप्दा पनि बनेन

कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान छोटो दूरी पर्ने दैजी जोगबुढा सडक पटक–पटक समय थपिएर पनि निर्माण नहुँदा स्थानीय घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्।

डेंगी संक्रमणबाट ३ जनाको मृत्यु, संक्रमितको संख्या ६ हजार नाघ्यो

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ।

खडक पुलमा खाल्डाखुल्डी, बढ्यो दुर्घटनाको जोखिम

खडक पुलमा बनेका खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जिप, कारलगायत साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बांग्लादेशमा बाढीबाट ११ जिल्ला प्रभावित, हजारौँ घरबारविहीन

बांग्लादेशमा बाढीबाट प्रभावित ११ जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने देशभर सात लाखभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

कार्बन व्यापारबाट कसरी प्राप्त गर्न सकिन्छ लाभ?

नेपालले कार्बन व्यापारको शुरूआत गरिसकेको छ। पहिलो किस्ताबापत विश्वबैंकबाट करिब डेढ अर्ब रुपैयाँ छिटै आउँदैछ। त्यसबाट कम्तीमा ८० प्रतिशत रकम वन विकास कोषमार्फत समुदायले प्राप्त गर्नेछन्।

कमला नदीमाथि पुल नबन्दा स्थानीयलाई डुंगाकै सहारा

यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूका लागि नदी वारपारको एक मात्र विकल्प डुंगा बनिरहेको छ।

नेप्से परिसूचक १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ भने १३ अर्ब रुपैयाँ कारोबारको शेयर कारोबार भएको छ।

निर्माणाधीन मुग्लिन–पोखरा सडककाे पश्चिम खण्डकाे म्याद १०१ दिन थप

म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलको भनाइ छ।

पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पाको रामपुर–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

स्टार्टअप कर्जा प्रवाह सम्बन्धी त्रिपक्षीय सम्झौता

स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।

वीरगन्ज नाकाबाट मोटरसाइकलको आयात दोब्बरले वृद्धि

जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।