पर्व
काठमाडौँको बसन्तपुर र न्युरोड क्षेत्रमा गाईजात्राको रोनक। नेवार समुदायले एक वर्षभित्र दिवंगत आफन्तजनको सम्झनास्वरुप गाईजात्रा पर्व मनाइरहेका छन्। यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृंगारेर बजार परिक्रमा गराइन्छ।
प्राधिकरणका अनुसार विद्युत्को पहुँच पुगेको जनसंख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ग्रिडभन्दा बाहिर रहेका दुई प्रतिशतले लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रामा गौरव यात्रा आयोजना गरेका छन्।
गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट हमासले बन्धक बनाएकामध्ये थप ६ जनाको शव बरामद गरेको इजरायली सेनाले जनाएको छ।
विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
काठमाडौँ महानगरपालिका–८ स्थित नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण गरिएको छ।
भारतीय प्रधानमन्त्री मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाँदैछन्। मोदीको यस भ्रमणले रुसलाई 'चिढ्याउन' सक्ने आलोचना पनि भइरहेको छ।
वर्षाजन्य प्रकोपको परिणामस्वरुप प्रान्तीय सरकारले कलात, जियारत, अवारन, कच्छी, लोरालाई, सोहबतपुर र लासबेलाका जिल्लाका धेरै युनियन तथा काउन्सिलमा आपतकाल घोषणा गरेको छ।
‘५१ बिघाको हकमा जग्गा–सम्पत्ति जफत गरेर शहरी विकास अन्तर्गत फेरि प्रक्रिया चलाएर तिरो तिराई नयाँ धनीपुर्जा दिने प्रबन्ध हुनुपर्छ। ३४४ बिघा पनि जफत गरेर हदबन्दी र अरू आधार हेरिकन हिसाबकिताब हुनुपर्छ।’
सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउलीलगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।
सोमबार सुर्खेतबाट नेपालगन्ज जाने क्रममा दुर्घटनामा परेका उपाध्यक्ष चन्द्रसिंह कार्कीको नेपालगन्जमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो।
हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ।
सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको छ।
हामीकहाँ पारदर्शिता र जबाफदेहिता स्खलित छ। स्वार्थको द्वन्द्व स्वघोषणा गर्ने, स्वार्थ बाझिँदा निर्णय प्रक्रियाबाट बाहिरिने, पद अस्वीकार गर्ने या त्याग गर्ने प्रचलन छैन।
गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगतिसमेत उजागर गर्ने चलन छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक कार्यक्रम हुने गरेको छ।
मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्।
सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ।
बाढीले थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्याउँदा नाम्चे र थामेका झन्डै एक हजार घरपरिवार प्रभावित भएका छन्।
अमर बमलाई दुबईको अदालतले मृत्युदण्ड दिएको २१ वर्षसम्म फैसला कार्यान्वयन नगरी जेलमा राखिएको छ। आफू निर्दोष भए पनि फर्किन नपाएको पीडा उनी फोनमार्फत परिवारसँग पोखिरहन्छन्। तर आश मारेका छैनन्।