AnonymousUser

Logout

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

विश्वव्यापीकरण, शहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउँछन्।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।

विरोध

चिकित्सा शिक्षा आयोगअगाडि विरोध प्रदर्शन

विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएको भन्दै विरोध प्रदर्शन गरेका छन्। आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै  चिकित्सा शिक्षा अगाडि एमबीबीएस र  पारामेडिकल प्रवेश परीक्षा दिएका विधार्थीले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘प्रश्नपत्र सेट’, ‘ओएमआर सिट’, ‘एन्सर कि’ हर्न पाउनुपर्ने माग राखेका छन्। उनीहरूले ‘विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन’, ‘एमइसीले गल्ती नहेराइ फेल गर्नु नै अपराध हो’, ‘विद्यार्थीको भविष्य निर्धारण गर्ने जस्तो परीक्षामा राजनीति चल्दैन। चल्दैन’, ‘प्रिपेरेसन गर्ने काले, सिट पाउने पैसावाले’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए। तस्वीर : नेपाल फोटो लाइब्रेरी

तारकेश्वरमा खोलाले बगाउँदा एक जना बेपत्ता

काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ।

रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनमा ४९ जनाको मृत्यु, २१९ घाइते

युक्रेनको मध्यपूर्वी क्षेत्रको एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट घोडाघोडीका २ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट घोडाघोडीका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ

अनलाइन लगानी र जागिरको ‘स्क्याम’: डाक्टरदेखि सरकारी वकिलसम्म ठग्ने यस्तो छ ‘जालो’

अनलाइनमार्फत ठगी गर्न वैदेशिक रोजगारमा गएका र उनीहरूका आफन्त प्रयोग भइरहेका छन्। विदेशबाट पठाइएको रकम ‘स्क्यामर’को खातामा जाने र ठगी गरिएको रकम नेपालका आफन्तले पाउने ‘जालो’ बुनिएको छ।

कंगोमा जेल तोडेर भाग्न खोज्दा १२९ जनाको मृत्यु

कंगोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय १५ दिन थप भएको छ।

गिरीबन्धुको ५१ बिघाका बासिन्दालाई अन्याय हुनेछैन: प्रधानमन्त्री

गिरीबन्धु टी–इस्टेटअन्तर्गत ५१ बिघा जमिनका बासिन्दाले भूउपयोगसम्बन्धी जटिलता तत्काल सम्बोधन गरिदिनका लागि प्रधानमन्त्री, सभामुख, भूमि व्यवस्थामन्त्री, कांग्रेस महामन्त्रीलगायतको ध्यानाकर्षण गराएका छन्

महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त (तस्वीरहरू)

काठमाडौँ महानगरको निर्णयअनुसार सशुल्क पार्किङ हटाइएपछि महाबौद्ध क्षेत्र अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको व्यवसायीको भनाइ छ।

पोखरा विमानस्थल ‘काण्ड’सित जोडिने कोलपाटनको ओभरहेड ट्यांकीः निर्णय गर्नै किन डरायो संस्थान?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनासित जोडिएका थुप्रै बेथितिमा कोलपाटनको ओभरहेड ट्यांकी पनि जोडिएको छ। अख्तियारले यसबारे अनुसन्धान शुरू गरेपछि खानेपानी संस्थान त्राहिमाम देखिन्छ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, साढे १३ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.२० को विन्दुमा कायम भएको छ।

राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउन सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतमा सिफारिस गर्दा संविधानको व्यवस्था र निर्देशिकाको व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ। 

९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ रोक्ने लेखाको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

उजुरीमा ९० रुपैयाँ नेटवर्थ कायम नहुने कम्पनीको आईपीओ निष्कासन रोक्दा‍ पुँजी पलायन हुने, ठूला लगानीकर्ताले लगानी गर्न नसक्ने र समग्र राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उल्लेख छ।

एमबीबीएसको प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्न सांसदको माग

सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाको नतिजाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

चीनमा स्कुल बस दुर्घटना: ११ जनाको मृत्यु, १३ घाइते

मंगलबार बिहान बस सडक छेउमा रहेका अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमा ६ अभिभावक र ५ विद्यार्थी छन्।

चार दिनभित्र भाउजू, बुहारी र नातिनी गुमाएपछि विक्षिप्त श्यामलाल 

बाँकेको नरैनापुर–३ गेगली गाउँका श्यामलाल पासीको घरमा झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्याका कारण भदौ १२ मा उनकी बुहारी उषा, १४ मा भाउजू शान्ति र १६ मा नातिनी नन्दनीको निधन भएको छ।

महोत्तरीमा प्रतिबन्धित लागुऔषध कोडाइन बरामद

सम्सी गाउँपालिका–४ स्थित भेटपुर इलाकाको गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेका सवारीसाधन जाँच गर्ने क्रममा ३६० बोतल कोडाइन बरामद गरेको हो। 

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।