गत अगस्ट ३१ मा सेवाबाट अवकास पाएसँगै भी वेणुले मुख्य सचिवमा नवनियुक्त आफ्नै श्रीमतीलाई जिम्मेवारी हस्तान्तरण गरे।
यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।
‘नेपालमा मानिसहरू धेरै राजनीतिक दल हुनु खराब हो भन्छन्, तर त्यस्तो होइन। धेरै दलहरू नभएको भए यहाँ भ्रष्टाचारका ठूला–ठूला काण्डहरू गुपचुप हुन्थे।’
तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ।
भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रूपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ।
प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको प्रदर्शनकारीहरूको भनाइ छ।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने विश्वास गरिन्छ।
अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। नयाँ राष्ट्रपतिले आर्थिक नीतिमा गर्ने परिवर्तनले वैश्विक बजार, व्यापार सम्झौता र विदेशी लगानीमा असर पार्न सक्छ।
स्पेनिस ला लिगामा किलियन एम्बाप्पेले पहिलो गोल गर्दा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आवश्यकताअनुसार किटको व्यवस्थापन हुन नसक्दा डेंगी संक्रमण पहिचान गर्न समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीको भनाइ छ।
१९ पर्यटक र तीन जना चालक दलका सदस्य सवार हेलिकप्टर शनिबार कामचट्काको जंगली क्षेत्रमा बेपत्ता भएको थियो।
सरकारले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने निर्णय गरेको छ।
पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ।
गैरकानूनी लिज सम्झौता गरेर मदन स्मारक स्कुलको सार्वजनिक जग्गा हडप्ने प्रपञ्चमा लागेका माओवादी नेता र उनीनिकट ठेकेदारले त्यही सम्झौताअनुसार पनि करिब २ करोड रकम नदिएर विद्यालयलाई थप नोक्सानी पुर्याए।
प्रधानमन्त्री ओलीले बालमन्दिरको नाममा रहेका जमिन, भवन र सम्पत्तिको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताए।
विभिन्न समूहको सडक प्रदर्शनका कारण सवारीसाधनको जाम बढ्दा काठमाडौँको सुन्धारा, रत्नपार्क, भद्रकाली, पुतलीसडक लगायतको क्षेत्र अस्तव्यस्त बनेको छ।
इकाई प्रमुख तेज विक्रम मल्लका अनुसार परम्परागत जातका स्याउका बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिन्छ।