संस्कार
सोह्रश्राद्ध अर्थात् पितृपक्ष शुरू भएको छ। दिवंगत पितृलाई हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। सोह्रश्राद्धको पहिलो दिन बुधबार पशुपति क्षेत्रमा श्राद्ध गर्नेहरूको भिडभाड छ।तस्वीर: नेपाल फोटो लाइब्रेरी
भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगीलगायत बिरामी फेला परिरहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।
उपराष्ट्रपति कार्यालयका लागि मासिक ४५ लाख रुपैयाँ खर्च भइरहेको छ। तर राष्ट्रपति कार्यालयमा हुने सपथग्रहण र अन्य महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनेबाहेक उपराष्ट्रपतिलाई नियमित जिम्मेवारी छैन।
राष्ट्रियसभा सदस्यले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
ट्याक्टर सेती नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।
बुधबार बिहान १०:०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
कुण्डको पिँधमा रहेको सानो प्वालबाट कलाकारको शिर हुँदै शरीरभर पानी बग्छ। प्रदर्शनीको मुख्य उद्देश्य पनि यही हो, अवलोकनकर्तालाई प्रदर्शनीको हिस्सा बनाउनु।
अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको छ। खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ।
बार्यनको जितमा ह्यारी केन एक्लैले ४ गोल गरे। उनी च्याम्पियन्स लिगको एकै खेलमा ४ गोल गर्ने पहिलो इंग्लिस खेलाडी तथा च्याम्पियन्स लिगमा पेनाल्टीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ शुरू हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ।
केन्द्रको सत्ताका कारण सातवटै प्रदेशमा सरकार बदलिने अवस्थाले संघीयताकै हुर्मत लिइरहेको छ। यसरी त कसरी शासन चल्छ?
मानिसले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। घरहरू भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो बनेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
नेपाल वायुसेवा निगमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ।
केजरीवालले पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरेका थिए।
भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।
वीरगन्जको हरिखेतान क्याम्पसमा तीन वर्षका लागि २०७५ असार १ गते सञ्चालक समिति अध्यक्ष भएका प्रेमप्रकाश खेतानले आफ्नो मात्र हस्ताक्षरले विधान संशोधन गरेर आफैलाई अध्यक्षमा निरन्तरता दिइरहेका छन्।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन्।