AnonymousUser

Logout

पर्व

मनाइयो विश्वकर्मा पूजा

विश्वकर्मा भगवनान्‌को पूजा आराधना गरी मंगलबार वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाएका छन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन विभिन्न कलकारखानामा बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ। यस अवसरमा काठमाडौँको भद्रकालीलगायत शक्तिपीठमा सवारीसाधन पूजा गर्नेको घुइँचो लागेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

२ महिनाको सरकारी बजेट खर्च ७ प्रतिशत

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो।

विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकम बराबर बनाएको छ।

एन्फा महिला लिग: विभागीय टोली एपीएफ विजयी

एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली एपीएफले हराएको छ।

गीतसंगीतको रोयल्टीः सर्जकको बौद्धिक सम्पत्तिमा अरूकै रजाइँ

संगीत रोयल्टी संकलन समाजले रोयल्टी उठाउन कानूनविपरीत एजेन्सी नियुक्त गर्दा सर्जकले पाउने पैसा निजी कम्पनीको खातामा पुगिरहेको छ।

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव भेटियो

दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।

३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा

संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो।

नाइजेरियामा बाढीका कारण ४ लाख मानिस प्रभावित

बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको ओसीएचएले पुष्टि गरेको छ।

महोत्तरीमा १५० किलो गाँजासहित २ जना पक

धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारी गाँजासहित पक्राउ परेका छन्।

तोलामा ६०० रुपैयाँ घट्यो सुनको मूल्य

सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० कायम भएको छ।

नदीमा बहाव बढ्दो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

श्रमिक बालबालिकाले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेका, सोका लागि स्थानीय सरकार र अन्य संघसंस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गरी सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन्। 

इन्द्रजात्रा मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाउने प्रचलन छ।

देशका प्रमुख ७ समस्या, समाधानका ७ उपाय

नेपालमा अन्यत्र असफल वा योग्यता मापन हुने क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेका व्यक्तिले धेरैजसो राजनीति हाँक्ने गरेका छन्। गम्भीर आरोप र असुली धन्धामा लागेकासमेत निर्धक्क राजनीतिमा छन्।

देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायु तथा पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

क्यानडासँग ओडीआईमा नेपालको पहिलो हार

क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट भयो।

पर्व

जात्रामय हनुमानढोका

हनुमानढोका दरबार क्षेत्र जात्रामय भएको छ। आइतबार काल भैरवको मूर्ति अगाडि लिंगो ठड्याइएपछि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा शुरू भएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ। आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी।

सहकारी प्रकरण: रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए? 

सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको सिफारिसलाई लिएर आ–आफ्नै दाबी र तर्क चलिरहेका छन्। समितिको सिफारिसले यो प्रकरणमा केन्द्रीय पात्र रहेका रविलाई सजिलो बनायो कि झन् अप्ठेरो?

अस्पतालको शौचालयबाट कैदी फरार भएको घटना छानबिन गर्न समिति गठन

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

सहकारी

काठमाडौँ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जिम्मेवार देखिएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको छ।सहकारी ठगीसम्बन्धी छानबिनका …

यो ब्लक वेबसाइटबाट हटाइएको छ।