न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्। ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रिय नाचघर जमलमा बिहीबार कवि डा. नवराज लम्साल र श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल तथा हेम स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ।
बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ।
ऋषिङ गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।
दैनिक ५० देखि १०० जनासम्म ज्वरोका बिरामी आउने गरेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको धौलागिरि अस्पतालले जनाएको छ।
जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ। यद्यपि तिनीहरूको संख्या र राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा आयोजित दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पाल ३१.०७.२१ मिनेटमा दौड पूरा गर्दै च्याम्पियन बनेका छन्।
निरक्षर आमाका पाँच वर्षमुनिका हजारमध्ये ५० बालबालिकाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाको पाँच वर्षमुनिका हजारमध्ये ६ जनाको मात्रै मृत्यु हुने गरेको छ।
अविरल वर्षापछि आएको बाढी र हावाहुरीले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति भएको छ।
कोशी र बागमतीमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बर्खा याम शुरू भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण असार १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरिएको थियो।
बांग्लादेशमा दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँ बराबरको खुदो निर्यात भएको छ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार धरहरा चढ्न आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ।
वायुसेवा निगम सुधारका लागि समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने क्रम २०५८ सालदेखि निरन्तर चलिरहेको छ। अहिलेसम्म बनेका सात समितिले दिएका तर कार्यान्वयन नभएका निगम सुधारका सुझाव प्रायः उस्तै छन्।
कागजात नपुगेका कारण श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको समिति सदस्य महेश बर्तौलाले बताए।
संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’ हेर्नका लागि हजारौँ मानिसहरू दरबारमार्ग क्षेत्रमा जम्मा भएका छन्।
दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ।
संविधान दिवस
नेपालको संविधान जारी भएको दिनको खुशीयालीमा बिहीबार संविधान दिवस मनाइँदै छ। दिवसका अवसरमा देशभर तथा विदेशस्थित नेपाली नियोगहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ। नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो। यो नेपालको सातौँ संविधान हो।
हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो लहरले यो समूहलाई अस्तव्यस्त बनाएको छ।