अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर वर्तमान सरकारले बजेट ल्याएको हो।
उपत्यकाका नदी किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ।
जात्राको अन्तर्य बुझ्ने उमेर भएसँगै जात्रामा रमाउनेभन्दा पनि जात्रामा रमाउन आउने मानिसको सुरक्षार्थ खट्न थालेका उनीसहित ८०० स्थानीय हरेक वर्ष इन्द्रजात्रा व्यवस्थापनमा तल्लीन हुन्छन्।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ।
प्रतिनिधिसभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सात वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ।
समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गरी असोज १५ भित्र अध्ययन प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ।
‘कहिलेकाहीँ सुनिन्छ– काम नपाएकाहरू माइतीघरमा बसेर चिच्याइरहेका छन्। त्यहाँका दाजुभाइ, दिदीबहिनीहरूले लडेर ल्याएको अधिकार हिजो खिसिट्युरी गर्नेहरूले पनि उपभोग गर्न पाउँछन्।’
सोमबारको कारोबारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा पेश भएको सहकारी ठगीसम्बन्धी छानबिन प्रतिवेदनलाई आवश्यक कामकारबाहीका लागि सरकारसमक्ष पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
पछिल्लो तीन महिनामा डेंगी संक्रमणदर ह्वात्तै बढेको र समयमै जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिन सक्ने स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपाली बताउँछन्।
विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएका हुन्।
काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।
यो वर्ष अहिलेसम्म मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको मृत्यु भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ।
स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन्। बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्याउँदै आएको छ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ।
घटनास्थलबाट एके ४७ बन्दुक र स्कोप बरामद भएको छ। साथै दुई वटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको एफबीआईले जनाएको छ।
आर्सनलले टोटनह्याममाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ।
कसले के खानुहुन्छ, खानुहुन्न, पढ्नुहुन्छ, पढ्नुहुन्न, पढाउनुहुन्छ, पढाउनुहुन्न, कसले कस्तो नाम राख्नुहुन्छ र हुन्न भन्दै विकसित भएको अभ्यास निन्दनीय हो।