खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका यमलले ७ मिनेटपछि अर्को गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए।
कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट ट्याक्सी धोबीखोलामा खसेको छ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको ५ रुपैयाँका दरले घटाएको छ।
अख्तियारले सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका ६, सहसचिव सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत २०२ र सहायक स्तरका २०० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपालकी प्रीति राईले एसिया ट्रायल मास्टर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।
अख्तियारका प्रमुख आयुक्तले ६ महिनाअघि नै छिट्टै मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए पनि अहिलेसम्म आयोग पदाधिकारीबीच ‘टेरामक्स’ प्रकरणमा मुद्दा दायर गर्ने विषयमा कुनै छलफल नै भएको छैन।
मन्त्रिपरिषद् बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुका साथै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सिफारिस गरेको छ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउन्डेसनसँगै रहेको स्पान चिरा परेर सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए।
प्रतिनिधिसभाको आइतबारका लागि तोकिएको बैठक बस्दै नबसी सोमबार १ बजेसम्मका लागि स्थगन भएको छ।
पहिरो निरन्तर आइरहेकाले पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको भनाइ छ।
सीआईबीले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान शुरू गरेको छ।
पर्व
काठमाडौँ उपत्यकामा आइतबार इन्द्रजात्रा शुरू भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ पनि भनिन्छ। हनुमानढोकामा इन्द्र ध्वजासहितको लिंगो बिहान ८: २६ बजे ठड्याएपछि जात्रा शुरू भएको हो। नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
नेप्से परिसूचक ५०.७३ अंक अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को विन्दुमा कायम भएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
काठमाडौँ– डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको बक्यौता रकम उद्योगहरूबाट तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको २२ अर्ब बक्यौता असुल ग…
ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानव बस्तीतिर पसेर क्षति पुर्याउने गरेको विज्ञहरूको भनाइ छ।
लुम्बिनी विकास कोषले आफ्नै गुरुयोजना विपरीत कोषको जग्गा निजी कम्पनीलाई व्यवसाय सञ्चालन गर्न २५ वर्षका लागि भाडामा दिएको छ।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका २४ वर्षीय जीवन साह भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको शौचालयबाट फरार भएका हुन्।