भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
पहिले १४ प्रान्त रहेको भारतमा आज ३० वटा छन्। यसको अर्थ भारत अहिले पनि आफ्नो संघीयताको आकारप्रकार र नामकरण मिलाइरहेको छ। अझै पनि सो विषय ‘सेटल’ भइसकेको छैन।
दलितका लागि दलित अभियानले संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको छ।
‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा८प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेको हो।
बुधबार प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रहरीले 'फेक इन्काउन्टर' गरेर नागरिकको हत्या गरिरहेको भन्दै लगातार उजुरी आउन थालेपछि मानव अधिकार आयोगले चार वर्षअघि छानबिन समिति बनाएको थियो। तर समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।
सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ।
भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिनेसमेत भर्याङ छ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको छ।
संविधान संशोधनले संघीय प्रणाली सुदृढ गर्न सक्यो र नागरिकको आशा जगाउन सक्यो भने परिवर्तित राजनीतिक प्रणाली कार्यान्वयनमा राजनीतिक नेतृत्वका कैयन् खत माफ हुन सक्छन्।
कोशी र बागमतीका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
जितका लागि २२१ रनको लक्ष्य पाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर २२३ रन बनायो।
पर्व
धरहरा बिहीबार संविधान दिवसको अवसर पारी सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ। ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार पुनः उद्घाटन हुन लागेको हो। २०७८ वैशाख ११ गते प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए भने बिहीबार पनि पुनः उनैले धरहराको उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुल्ला गरिने भएको हो। २०७२ सालमा भूकम्पका कारण भत्किएको धरहराको पुनर्निर्माण गर्न एक दशक लाग्यो। धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै टिनको छाना हालेर राखिएको छ। यो आयोजना पुनर्निर्माण प्राधिकरणको समय सीमाभित्र सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय मातहत शहरी विकास तथा भवन निर्माण विभागबाट कार्यान्वयन भइरहेको छ। तस्वीरहरू - नेपाल फोटो लाइब्रेरी
मन्त्रिपरिषद्ले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ लाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा ५९.१९ प्रतिशत मतदान भएको छ।
३१ वर्षदेखि निरन्तर गिजोलिइरहेको तारागाउँ जग्गा प्रकरणको अन्तर्यमा सरकार र उसकै निकाय जोडिन्छन्। यो प्रकरण छानबिनका लागि गठित सरकारी तथा संसदीय समितिहरू ती सबैमा आँखा चिम्लिदिएका छन्।
निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
बुधबार परिसूचक चार अंकले घटेर २५७६.७६ को विन्दुमा सीमित भएको छ।