घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ।
पछिल्ला दुई कारोबार दिन उच्च उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार २६.०७ अंकले घटेर २,५९७.४९ को बिन्दुमा कायम भएको हो।
वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकामा ज्यान गुमाउनेको संख्या बुधबार दिउँसो दुई बजेसम्म ६६ पुगेको छ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो। यो रोग मानिसबाट पशुमा तथा पशुबाट मानिसमा सर्ने गर्छ।
विश्वका विभिन्न भागमा बेलाबखत ‘उदार तानाशाह’को माग सतहमा आउने गर्छ। नेपालमा पनि यस्तो जमात भेटिन्छ, जसले लोकप्रियतावादको सिँढी चढेर शक्ति आर्जन गर्ने महत्त्वाकांक्षालाई बढावा दिइरहेको छ।
राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वको निन्दा गरेका छन्। द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताए।
केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ।
कवि विमल निभाका कविताहरूको नयाँ किताब 'सत्र भोका काग' मंगलबार काठमाडौँमा विमोचन भएको छ। उनको यो पाँचौँ कविताकृतिमा ५० वटा कविता संग्रहित छन्।
प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ।
अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछापोखरी पुरिँदा करोडौँको क्षति भएको छ।
मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ। यसअनुसार धार्मिक महत्वका नदी, सरोवर र कुण्डमा एकाबिहानै तर्पण दिनेहरू भरिभराउ छन्।
वैकल्पिक मार्गहरूको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गरिनेछ।
बिसाैँ शताब्दीको शुरूआतसम्म चुरोट आममानिसको सहज पहुँचमा थिएन। चुरोट सैनिकको मनोबल उच्च गराउने रासनका रूपमा दिने गरिन्थ्यो। युद्धबाट घर फर्किने सैनिक अक्सर ओठमा चुरोट च्याप्दै आउँथे।
कोशी, बागमती तथा गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालले दिएको १४० रनको विजयी लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
परराष्ट्र मन्त्रालयले हालसम्म लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।
बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड पनि अवरुद्ध छन्।
काठमाडौँबाट बाहिरिने सवारीको चाप अत्यधिक भएपछि नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा ल्याइएको छ।