AnonymousUser

Logout

झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि काठमाडौँ उपत्यका भित्रिए १७ सय सवारी

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन पठाउने तयारी पनि भइरहेको जानकारी दिए।

अस्तव्यस्त नख्खु खोला वरपरको क्षेत्र (तस्वीर)

आइतबारबाट पानी पर्न रोकिएसँगै नख्खु खोला करिडोर आसपासका बासिन्दा घर सफा गर्न, बाँचेका सरसामान सुरक्षित स्थानतिर सार्न व्यस्त देखिन्छ।

सडकबाट खसेको माइक्रोबस रूखमा अड्कियो, १२ जना घाइते

धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा माइक्रोबस नुवाकोटमा दुर्घटनामा परेको हो।

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार गर्ने निर्णय गरेको छ।

बगेको बाढीले छाडेका प्लास्टिक (तस्वीरहरू)

यी दृश्यले देशकै राजधानीमा फोहोर व्यवस्थापनको अवस्थालाई छर्लंगै पारेको छ।

हार्वर्डमा हिँड्दाहिँड्दै प्रधानमन्त्री ओलीलाई नाम झुन्ड्याउने हतारो!

अमेरिकामा २० जनाभन्दा बढी अवैतनिक वाणिज्यदूत, पर्यटन दूत र सद्‍भावना दूत छन्। त्यही लाममा प्रधानमन्त्री ओलीले उद्घाटनको कागजी ‘ताम्रपत्र’ थप्न पाएका छन्— अर्को ‘अनररी कन्सुलेट’ खोलिदिने नाममा।

अस्थायी आवास निर्माणका लागि ७ दिनभित्र लाभग्राही पहिचान गरिने

सरकारले विपद्‍बाट भएको क्षतिको मूल्यांकन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण संकलन गर्ने भएको छ। 

मापसे गरी स्कुटर चलाएको आरोपमा के–पप स्टार सुगालाई १५ लाख जरिबाना

कोरियाली के–पप तथा चर्चित ब्यान्ड बीटीएसका स्टार गायक सुगालाई रक्सी सेवन गरी विद्युतीय स्कुटर चलाएको आरोपमा १५ मिलियन कोरियाली वोन जरिबाना गरिएको छ।

बाढीपहिरोपछि अवरुद्ध यी सडकमा गाडी चल्न थाले

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटाैँडा र काठमाडाैँलाई जोड्ने तीन वटा सडक सञ्चालनमा आएका छन्। यस्तै, झ्याप्ले खोलाको पहिरो पन्छाएसँगै सडक एकतर्फी खुलेको छ।

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु, ३० बेपत्ता

हालसम्म करिब ४ हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ।

सिधाकुरा डटकमका पत्रकार ढुंगाना र कँडेललाई थुनामा पठाउने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ।

बाढी र डुबानको जलवायु परिवर्तन सम्बन्ध

सन् २००९ पछि भएको अध्ययनले के भन्छ भने त्यतिखेर पानी नपर्नुको कारण ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धि रहेछ। ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धिका कारण नेपालमा हिउँद याममा सुख्खा पर्न गएछ।

त्रिदेशीय टी–२० क्रिकेट शृंखलामा नेपालसँग ओमान पराजित

जितका लागि १७७ रनको लक्ष्य पाएको ओमान १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी र गण्डकी  प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाढीको पूर्वसूचना हुँदाहुँदै कसरी भयो ठूलो मानवीय क्षति?

वर्षाको पूर्वानुमान गरेर सूचना जारी गर्दागर्दै पनि ठूलो मानवीय क्षति हुनुमा सरकारको कमजोर विपद् प्रतिकार्य योजना र नागरिकको अटेरीपन दुवै जिम्मेवार देखिन्छन्।

साहुको नाकाबन्दीमा मुसहरीः बाटोमा बार, चापाकल नचल्ने बनाएर पानी बन्द

सिरहाको नरहा गाउँपालिकास्थित मुसहर बस्तीलाई साहुकार महेश यादवले नाकाबन्दी मात्र गरेका छैनन्, त्यहाँका चापाकल नचल्ने बनाइदिएका छन् भने शौच गर्न जाने ठाउँसमेत रोकेका छन्।

साहुको नाकाबन्दीमा मुसहरीः बाटोमा बार, चापाकल नचल्ने बनाएर पानी बन्द

सिरहाको नरहा गाउँपालिकास्थित मुसहर बस्तीलाई साहुकार महेश यादवले नाकाबन्दी मात्र गरेका छैनन्, त्यहाँका चापकल नचल्ने बनाइदिएका छन् भने शौच गर्न जाने ठाउँसमेत रोकेका छन्।

नसरल्लाहको हत्याः इजरायललाई सफलता, हिजबुल्लाह र इरानलाई चिन्ता

इजरायलसँगको युद्धमा हिजबुल्लाहले एकपछि अर्को ठूलो क्षति बेहोरेको छ। एक दर्जनभन्दा बढी कमान्डरको हत्याले यसको कमान्ड संरचना ध्वस्त पारेको छ।

जग्गा व्यवसायीको ‘प्लटिङ’ले छेकिएको फन्टे खोला बस्तीमा

आले परिवारले तीन आनाको जग्गामा एकतले घर बनाएको थियो। अहिले त्यो घर बाढीले ल्याएको ढुंगामुढा र पानीले भरिएको छ भने विस्थापित उनीहरू छिमेकमा आश्रित छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।