हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ।
करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको हो।
परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन्। जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन्।
भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेसँगै यो घटनामा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लाससाथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।
चार देशीय टी२० क्रिकेट शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित भएको छ।
होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ।
होली खेल्न वसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारणको वासस्थान फर्किनका लागि बस तथा माइक्रो बसलगायत सार्वजनिक सवारीसाधन चढ्नका लागि सुन्धारा क्षेत्रमा भीड लागेको छ।
मेचीनगरमा ३४८ प्रजातिका चरा भेटिएका छन्, ती सबै चराको तस्वीर देवेन खरेलसँग संग्रहित छन्। यहाँ विश्वमै दुर्लभदेखि नेपालमा अन्यत्र नपाइने चरा पनि देख्न सकिन्छ।
यस किताबमा प्रयुक्त 'लाटी' भने नितान्त पिरतीको 'लाटी' हो, जो एकदमै पियारी छ र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा 'लाटी'मा शब्दको प्रयोग भएको छ।
प्रधानमन्त्री कपअन्तर्गत बिहीबारको खेलमा कमलसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको छ।
पाकिस्तानी अधिकारीले पृथकतावादी बन्दुकधारीद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन्।
प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ।
बैंक भएको ठाउँबाट खोस्रेर निकालिएको माटो घरमा राख्दा जीवनमा समृद्धि र सौभाग्य छाउने दाबी गर्दै चिनियाँ अनलाइन बजारमा यस्तो माटो बिक्री भइरहेको छ।
प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी न्यून हुँदा र आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
काठमाडाैँ उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ।