अमेरिकी आक्रमणमा पाँच इरानी नागरिकको मृत्यु भएको दाबी

अमेरिकी सेनाले ओमानको तट नजिकै इरानी कार्गो डुंगाहरूमा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी सेनाले ओमानको तट नजिकै इरानी कार्गो डुंगाहरूमा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकाले कार्गो डुंगाहरूमा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मंगलबार जनाएको छ।

अमेरिकी सेनाले ओमानको तटमा खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुंगामा आक्रमण गर्दा त्यसमा सवार पाँच सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ। यद्यपि, इरानी अधिकारीहरूले आफ्ना कुनै पनि लडाकु जहाज आक्रमणबाट प्रभावित नभएको जनाएका छन्।

अमेरिकी कमाण्डका प्रमुख ब्राड कुपरले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा छवटा इरानी डुंगा डुबाएको बताएका छन्। अमेरिकी हेलिकप्टरहरूले ती डुङ्गामाथि प्रहार गरेको कूपरले पत्रकारहरूसँगको साक्षात्कारमा बताए।