राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारले अध्यादेश जारी गर्न सोमबार पुन: सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले मंगलबार अध्यादेश जारी गरेका हुन्।

यसअघि सरकारले सिफारिस गरेका ८ मध्ये ७ अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने पुनर्विचारका फिर्ता पठाएका थिए।