नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा १० विकेट गुमाएर २५६ रन बनायो।

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
नेपाल क्रिकेट संघ

काठमाडौँ-आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भइरहेको खेलमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा १० विकेट गुमाएर २५६ रन बनायो।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९४ रन प्रहार गरे। उनले ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै, अर्जुन कुमालले ४८, आरिफ शेखले ४३, दीपेन्द्रसिंह ऐरीले ३३ र गुल्शन झाले १७ रन बनाए।

ओमानका लागि नदीम खानले ३ विकेट लिए। शाकिल अहमद र हसनैन शाहले समान २-२ विकेट लिए।