AnonymousUser

Logout

अमेरिकामाथि नेपाल ‘ए’ ३ विकेटले विजयी

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एक दिवसीय खेलमा नेपाल ‘ए’ले अमेरिकालाई ३ विकेटले पराजित गरेको छ।

क्रुज जहाजमा हान्ताभाइरस संक्रमण: सर्वसाधारणमा जोखिम न्यून रहेको डब्लूएचओको स्पष्टोक्ति

स्पेनतर्फ गइरहेको एक क्रुज जहाजमा हान्ताभाइरस संक्रमण देखिए पनि यो सजिलै नसर्ने र समुदायमा महामारीका रूप लिने खतरा न्यून रहेको डब्लूएचओले जनाएको छ।

विजय–बालेन समान रणनीतिबाट सफल

हिजोका दिनमा फिल्म क्षेत्रमा रहँदा विजयको स्वभाव आजको भन्दा फरक थिएन। उनका अन्तर्वार्ता खासै भेटिँदैनन्। बरु, आफ्ना विचार प्रायः सोसल मिडियाबाट सार्वजनिक गर्छन्। र्‍यापर हुँदै राजनीतिमा आएका बालेनको चरित्र पनि योभन्दा भिन्न छैन।

मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले प्रशान्त महासागरमा विकसित एल-निनोको प्रभावका कारण आगामी मनसुन अवधिमा देशका अधिकांश भूभागमा कम वर्षा हुने र तापक्रम औसतभन्दा बढी रहने पूर्वानुमान गरेको छ।

युद्धका कारण रासायनिक मल आयात प्रभावितः खेत हुँदै भान्सासम्म संकटको जोखिम

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल शाखाले नेपालसँग दुई लाख टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको दाबी गरेको छ। तर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग करिब एक लाख ५६ हजार टन मल मात्र भण्डारणमा छ।

नेप्सेमा २७ अंकको सुधार,  ३ अर्ब २८ करोडको कारोबार

शुक्रबार नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब २८ करोड रुपैयाँ नाघेको छ।

१५ जना अवैतानिक वाणिज्यदूत पदमुक्त

सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा कन्सुलहरूलाई पदमुक्त गरेको छ।

आठ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया शुरू, विज्ञ समितिले छनोट गर्ने

सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ।

प्रधानन्यायाधीश सिफारिस बदरको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

२४ घण्टामा १ हजार ८०६ सवारी चालक कारबाहीमा

बितेको २४ घण्टामा १ हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

संविधान, अदालत र अध्यादेशको राजनीति

भारत स्वतन्त्रता आन्दोलनमा होमिएका जवाहरलाल नेहरुले अध्यादेशलाई ‘लादिएको अपमान’ भनेका थिए। जब उनी भारतको प्रथम प्रधानमन्त्री बने, उनको शासनकालमा १०२ वटा अध्यादेश जारी भए। नेपालका शासकमा पनि उही चरित्र देखिन्छ।

यी प्रदेशमा आज पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

हेटौँडामा ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको थानाभर्‍याङमा बिहीबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक सहायक हवल्दारको ज्यान गएको छ।

प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको छ।

स्कटल्याण्डमाथि नेपाल ‘ए’ को ४५ रनको जित

माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको छ।

तुइन खोलामा ढुंगा खसेर गाडीमा आगलागी

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा माथिबाट खसेको ढुंगाले लाग्दा एक सवारीसाधनमा आगलागी भई क्षति पुगेको छ।

लिपुलेक समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदको आग्रह

संसदीय समितिको बैठकमा सांसदहरूले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन सरकारले भारत र चीनसँग तत्काल प्रभावकारी कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिएका छन्।

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यकोषमा हानि–नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पोखरेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी

चौध वर्षअघि वैशाख २३ गते सेती नदीमा आएको आकस्मिक र विनाशकारी बाढीको त्यो भयावह स्मृतिले तटीय क्षेत्रका पोखरेलीलाई अहिले पनि त्रसित बनाउने गरेको छ।

साउदीको असहमतिपछि रोकियो ट्रम्पको नौसैनिक योजना

साउदी अरेबियाले आफ्नो हवाई क्षेत्र र सैन्य बेस प्रयोगको अनुमति दिन अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको सुरक्षासम्बन्धी योजना तत्कालका लागि स्थगित गरेका छन्।