सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको प्रतितोला दुई हजार एक सय रूपैयाँ घटेर तीन लाख नौ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको प्रतितोला दुई हजार एक सय रूपैयाँ घटेर तीन लाख नौ हजार रूपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमामा कारोबार भएको थियो। 

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले घटेको छ।

आज चाँदी  तोलामा पाँच हजार दुई सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार चाँदी प्रतितोला पाँच हजार दुई सय ८५ रूपैयाँमा कारोबार भएको थियो।