AnonymousUser

Logout

समानुपातिकतर्फको बन्दसूची सहमतिमै बनेको कांग्रेस प्रवक्ताको दाबी

नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा एकलौटी नगरिएको बताएको छ। बन्दसूचीमा कुनै त्रुटि रहेपनि नियतवश हेरफेर नभएको दाबी कांग्रेस प्रवक्ताले गरेका छन्।

कामु प्रधानन्यायाधीश भए हरिकृष्ण कार्की, बार राजनीतिदेखि अदालतको नेतृत्वसम्म

हरिकृष्ण कार्कीले कामु प्रधानन्याधीशको जिम्मेवारी पाएका छन्। सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रूपमा कार्कीले उक्त जिम्मेवारी पाएका हुन्।

पिउने कालो पानीबारे सुन्नुभएको छ?

अल्कलाइन पानी सन्तुलित रूपमा पिउनु लाभदायक नै हो। तर चिकित्सकको सल्लाहविना अत्यधिक पिउने गरे विभिन्र स्वास्थ्य समस्या देखा पर्नसक्छन्।

श्रममन्त्रीले ९० दिनमा के गरे?

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्यक्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर गरेर पक्रिया अगाडि बढाएको बताएका छन्।

आजबाट निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन?

निर्वाचन आयोगले आगामी मसिर ४ गते हुने निर्वाचनका लागि स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा जुलुस, आमसभा वा भेला गर्न रोक लगाएको छ।

विदेश पलायन र बसाइँसराइले रित्तियो टोकरीगाउँ

गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन्, जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने थालेको छ। गाउँका खेतबारी सबै बाँझो बनेका छन्।

विदेश पलायन र बसाइँसराइले रित्तिएको ‘टोकरीगाउँ’

विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएपछि घरहरू जीर्ण अवस्थामा पुगेका छन् भने विद्यालयमा पनि विद्यार्थी अभाव हुन थालेको छ।

हेल्थ असिस्टेन्ट संघले स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापन, कानूनसम्मत प्रणाली सुधार्न माग

स्वास्थ्य केन्द्रको संगठन संरचनामा असमान भएको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले तत्काल माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

नासाको डार्ट मिसन सफल, पृथ्वीमा ठोकिने सम्भाव्य ग्रहमा प्रहार गर्न सकिने

नासाले डार्ट मिसनअन्तर्गत एक क्षुद्रग्रहसँग एक यानलाई सफलतापूर्वक ठोक्काएको छ। कुनै ग्रह पृथ्वीसँग ठोकिन आए प्रतिरक्षा गर्न परीक्षण गरिएको नासाले जनाएको छ।

पसाउने बेलाको धानमा ‘मेली बग’को समस्या

पसाउने बेलाको धानमा रोग लागेपछि तनहुँको म्याग्दे गाउँपालिका–७ का किसानहरू चिन्तित भएका छन्।

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिजोआजका कुरा’माथि चलचित्र बन्ने भएको छ। योसँगै लामो समयसम्म टेलिभिजनमा प्रशारण भएर बन्द भएको हिजोआजका कुरा ठूलो पर्दामा आउने भएको हो।

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल आउँदै

‘रसिया र चीनबाट फैलिएको मिथ्या सूचनालाई प्रतिवाद’ गर्न कार्यवहाक सहायक विदेशमन्त्री ट्रुडोले नेपाललगायत देशको भ्रमण गर्न लागेकी हुन्।

बडादशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजाराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दशैँघर तथा पूजाकोठामा ब्रह्मचारिणी देवीको आराधना गरी मनाइँदै छ। ब्रह्मचारिणीको पूजा गर्दा ब्रह्मतत्व प्राप्त हुने धार्मिक विश्वास छ।

अनुगमनपछि उपप्रमुख डंगोलले भनिन्- बजारमा अखाद्य वस्तु बेचिइरहेको पाइयो

काठमाडौं महानगरपालिकाका भित्री बजारमा उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले दशैँलक्षित बजार अनुगमन गरेको छ। दशैँपछि पनि अनुगमनलाई निरन्तरता दिइने उनले बताइन्।

काठमाडौंमा उपप्रमुखको नेतृत्वमा दशैँलक्षित बजार अनुगमन

काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलको नेतृत्वको टोलीले महानगरभित्रका पसलमा सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको छ।

सिराहा क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत फेरिए

निर्वाचन आयोगले सिराहा क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत फेरेको छ।

क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

क्वालालम्पुरस्थित नेपाली दूतावासमा घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने भएको छ।

४३औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गरे मात्रै पर्यटन पुनरुत्थान हुने पर्यटन व्यवसायीहरू बताउँछन्। सरकारको विशेष योजना भने छैन।

घाइते सबैको उद्दार, शव आधार शिविर झारियो

मनास्लु हिमपहिरोमा परेर घाइते भएका सबै १३ जनाको उद्दार भएको छ। मृत्यु भएका एक जनाको शव भने आधार शिवरमा राखिएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बिस्तार गर्ने विषयमा सहमति

सात दशकअघि नै केन्द्रमा पुगेका शक्तिराष्ट्रहरूले भने अन्तर्राष्ट्रिय संस्थामा सुधार तथा परिवर्तन गर्ने कुरा अस्वीकार गरेका छन्।