सीले शून्य कोभिडको नीतिलाई भाइरस फैलिनबाट रोक्ने जनताको लडाइँका रूपमा व्याख्या गरे।
मानन्धर जोशीको दीर्घजीवनको कारण उनको क्रियाशीलतालाई ठान्छन् भने रिजाल जोशीबाट जीवन जिउने कला सिक्नुपर्ने बताउँछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने हुँदा गठबन्धनका दलहरू मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। उनले अझै प्रतिगमनको खतरा रहेको समेत बताएका छन्।
आसन्न निर्वाचनका लागि देशैभरबाट २५२६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २२९१ जना पुरुष रहेका छन् भने २३५ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलाबाट नै हँसिया-हतौडा र रूखलाई एक बनाइसकेको बताए। उनले मतदातालाई नअल्मिलइकन गठबन्धनलाई जिताउन आग्रह गरे।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ ४४ हजार मतपत्र छापिसकेको छ। समानुपातिकतर्फको मतपत्र छापेर २८ वटा जिल्लामा ढुवानी भइसकेको पनि आयोगले जनाएको छ।
संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरू पुगेका थिए।
Test
आइतवार बिहान देहावसान भएका शताब्दी पुरुष सत्यमोहन जोशीको शव अध्ययनका लागि राखिने भएको छ। उनकै प्रणअनुसार उनको शव अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको हो।
विभिन्न मुलुकले जेलमा रहेका आफ्ना नागरिकको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले घटनाक्रमलाई आकस्मिक घटनाजस्तै पछ्याइरहेको बताएको छ भने बेलायतले घटनालाई चिन्ताजनक भनेको छ।
निशाले मैदानभित्र गरेको प्रदर्शनले प्रशिक्षकबाट जुन वाहवाही पाइन्, त्यो मैदानबाहिर अन्य खेलाडी र दर्शकबाट पाउन सकिनन्।
तीनपटक मदन पुरस्कार पाउने संस्कृतविद् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन्।
अल्का अस्पतालमा कार्यरत डा. रक्षा गौतमले घाँटी दुखेको भनेर आएका अधिकांश डेंगीका बिरामीको घाँटीमा घाउ देखिएको बताइन्।
भारतबाट शुरू भएको कलिङ्ग साहित्य महोत्सवको पहिलो काठमाडौँ संस्करण शुरू भएको हो।
वाग्लेले घोषणापत्रमा जलवायु परिवर्तन, वन, वातावरण, विपद् व्यवस्थापन, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भूमिकाबारेका विषयवस्तु समेटिने बताए।
स्थानीयले माछापुच्छ्रे बैंकको शाखाहित कार्यालयमा जम्मा गरेको पैसा एजेन्टले हिनामिना गरेका हुन्।
नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै बाबुरामले असन्तुष्टि व्यक्त गरेका छन्।