AnonymousUser

Logout

नवलपरासी पश्चिममा घण्टीको अग्रता, विनोद चौधरी पछ्याउँदै

स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले तीन हजार ९५८ प्राप्त गर्दै कांग्रेसका विनाेद चौधरीलाई पछि पारेका हुन्।

गगन थापाको जित निश्चित

अब काठमाडौँ महानगर ३० नं वडाको चार हजार ८८१ मत गन्न बाँकी छ। तर, गगनकाे मतान्तर पाँच हजार ९९१ भएकाले जित निश्चित भएको हो।

सुर्खेतको सिम्ता क्याम्पस केन्द्रमा मतदान जारी

सुर्खेतकाे सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रमा आइतबार स्थगित भएको मतदान मंगलबार बिहानबाट भइरहेको छ।

काठमाडौँ– ३ (१) मा कांग्रेसका छिरिङ निर्वाचित

मंगलबार बिहान सम्पन्न मतगणनामा छिरिङले राप्रपाका चुण्डी लामालाई दुई हजार २८२ मतान्तरले पछि पारे।

प्रकाशमान सिंह चौथोपटक निर्वाचित

काठमाडौँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह चाैथाेपटक विजयी भएका छन्।

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर विजयी

मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरूङ ३२८ मतान्तरसहित निर्वाचित भएका छन्।

ललितपुर-२ मा एमालेका प्रेम महर्जन विजयी

ललितपुर- २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।

रौतहट–१ मा माधव नेपाल २४४ मतले अगाडि

रौतहट-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेका उम्मेदवार भन्दा २४४ मतले अगाडि छन्।

स्याङ्जा–२ मा मतगणना हुन सकेन

नेकपा एमालेका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको छ।

ललितपुर–१ मा नवराज सिलवाल हजार मतले अगाडि 

साढे आठ बजेसम्म कूल नौ हजार ७७१ मत गन्दा एमालेका नवराज सिलवालले चार हजार ६१२ मत प्राप्त गरेका छन्।

भोटमै भेदभाव गर्छ राज्य : कतै नतिजा आइसक्यो, कतै मतपेटिका नै आइपुगेनन्

मुस्ताङ र मनाङका मतपेटिका ढुवानीपछि गणना भएर नतिजा आइसक्दा हुम्लाको विकट क्षेत्रका कर्मचारी २४ घन्टादेखि हेलिकप्टरको पर्खाइमा छन्।

विश्वकप फुटबल : इंग्ल्यान्डको विजयी शुरूआत

इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे। इरानका लागि मेहदी तारेमीले दुई गोल गरे।

झापामा–२ मा एमालेका देवराज र स्वतन्त्र स्वागत नेपाल अघिपछि

झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ।

लोकतन्त्रमा कांग्रेस–एमालेको धब्बा : बुथ कब्जाबाट जित्ने ‘राजनीति’को सिकार बने दुई युवा

बाजुरामा आइतबार निर्वाचनका क्रममा दुई युवाले ज्यान गुमाएको घटना कांग्रेस र एमालेको ‘बुथ कब्जाबाट चुनाव जित्ने’ प्रयासको नतिजा थियो। बाजुरामा कांग्रेस–एमालेले जहिल्यै बुथ कब्जाको प्रयास गरिरहन्छन्।

मनाङ (१) मा कांग्रेसका मुनिन्द्र विजयी 

मनाङ (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङले ३३० मतान्तर एमालेका राजन गुरुङलाई पराजित गरेका छन्।

इन्डोनेसियामा भूकम्प, ५६ जनाको मृत्यु

इन्डोनेसियाको जाभामा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ५६ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्।

उदयपुर–१ मा नारायण खड्कालाई पछ्याउँदै मञ्जु चौधरी

नारायण खड्कालाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन्।

उदयपुर–१ मा नारायण खड्कालाई पछ्याउँदै मञ्जु चौधरी

नारायण खड्कालाई नेकपा एमालेका मञ्जुकुमारी चौधरीले ३८७ मतसहित पछ्याइरहेकी छन्।

बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीरको अग्रता

बर्दिया-२ स्वतन्त्र उम्मेदवार लालवीर चौधरी ३ हजार ४३६ मतसहित अग्रता लिएका हुन्।

मुस्ताङका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

मुस्ताङको प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।