AnonymousUser

Logout

काठमाडौँ–८ मा सुमन सायमिको अग्रता कायमै

काठमाडौँ–८ मा सुमन सायमिको अग्रता कायमै राखेका छन्। उनलाई विराजभक्त श्रेष्ठले पछ्याइरहेका छन्।

चितवन–३ मा दिनेश काेइरालाको अग्रता

चितवन ३ मा दिनेश कोइरालाले अग्रता लिएका छन्। उनलाई राप्रपाका विक्रम पाण्डेले पछ्याइरहेका छन्।

जुम्लामा ज्ञानेद्र शाहीलाई प्रारम्भिक अग्रता

राप्रपाका ज्ञानेन्द्र शाही ६९ मतसहित अग्रता लिँदा ने‍कपा माओवादी केन्द्रकी गोमा गौतम २० मतसहित पछ्याइरहेकी छन्।

एमाले अध्यक्ष ओली गठबन्धनभन्दा दोब्बर मतले अगाडि

६ हजार २२५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्।

बैतडीमा पनि मतगणना थालियो

मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

डडेलधुरामा देउवाको शुरूआती अग्रता, सागर तेस्रोमा

डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुरले शुरुआती अग्रता लिएका छन्। उनलाई कर्ण मल्लले पछ्याइरहेका छन्।

काठमाडौँ-१ मा रवीन्द्र मिश्रले लिए अग्रता, पछ्याउँदै प्रकाशमान

काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्, उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले पछ्याइरहेका छन्।

दाङ–१ मा मेटमणिको अग्रता कायमै, पछ्याउँदै शान्ता चौधरी

दाङ १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता लिँदा नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन्।

कैलाली–३ मा नागरिक उन्मुक्तिको शुरूआती अग्रता

केलाली– ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन्।

८ वर्षपछि विश्वकपमा फर्केको नेदरल्यान्ड्स र मानेबिनाको सेनेगल : लक्ष्य पहिलो जित

विश्वकपको समूह ‘ए’ मा रहेको सेनेगल अफ्रिकी च्याम्पियन राष्ट्र हो भने त्यही समूहको नेदरल्यान्ड्स तीन पटकको विश्वकप उपविजेता हो। यी दुई देश मैदान उत्रिँदा दुवैको लक्ष्य पहिलो जित हासिल गर्ने नै हुनेछ।

प्रारम्भिक मत गणनामा पछि परे विष्णु पौडेल

रूपन्देही–२ को प्रारम्भिक मतगणनामा एमाले उपाध्यक्ष विष्णु पौडेल पछि परेका छन्। 

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ विजयी

मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्

दाङ–२ मा रेखा शर्माको अग्रता, शंकर पोखरेल पछ्याउँदै

२७ सय ८० मतगणना हुँदा रेखा शर्माले १४ सय ५० मत ल्याएकी छन्। 

काठमाडौँ–२ मा शोबिताको शुरूआती अग्रता, ओनसरी तेस्रोमा

काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी शोबिता गौतमले प्राम्भिक अग्रता लिएकी छन्। उनलाई एमालेका मणिराम फुयाँलले पछ्याइरहेका छन्।

संखुवासभाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमा ल्याइयो

चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो। 

भक्तपुर–२ मा दुर्लभ थापाको अग्रता कायमै

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाले ४ हजार १२९ मतसहित अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले ३ हजार ६८४ मतसहित पछ्याइरहेका छन्।

विश्वकप हेर्न पाउँदा आप्रवासी मजदुर खुशी

आइतबार सम्पन्न विश्वकपको पहिलो खेलका रूपमा इक्वेडर र कतारबीचको खेल हेर्दै रमाएका हजारौँ कामदारका दृश्य सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन्।

मकवानपुर–१ मा डिनाको अग्रता, दीपक सिंह तेस्रोमा

मकवानपुर–१ मा १३ सय ३५ मत गणना हुँदा कांग्रेसकी उपाध्यायले ७८९ मत ल्याएकी छन्।

बाँके–२ मा धवलशमशेरको प्रारम्भिक अग्रता

बाँके–२ मा ९०० मत गन्दा राप्रपाका धवलशमशेर राणा (हलो) ५०० मत ल्याएर अग्रता लिएका हुन्।

चितवन–२ मा ३०० मत गणना हुँदा कृष्णभक्तको अग्रता, रवि तेस्रोमा

चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले शुरूआती अग्रता लिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा छन्।