AnonymousUser

Logout

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई शुरूआती अग्रता

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डले अग्रता लिएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र र कैलालीको वन व्यापारीलाई सुम्पने निर्णय

संवेदनशील संरक्षित क्षेत्र र वनजंगलसमेत पहुँचवाला व्यापारीलाई सुम्पन राज्यसंयन्त्र कसरी लाग्छ भन्ने बुझ्न अन्त जानै पर्दैन, वन मन्त्रालयका सचिव पेम कँडेलले अवकाश पाउने दिन गरेका दुई निर्णय हेरे पुग्छ।

एकीकृत समाजवादी : नेता छन्, कार्यकर्ता छैनन्!

अध्यक्ष माधव नेपालसहित झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपानेजस्ता पाका र रामकुमारी झाँक्रीजस्ता युवा नेता भएको पार्टीको उम्मेदवार नभएका क्षेत्रमा समानुपातिक मत माग्ने कार्यकर्ता नै भएनन्।

सरकारमा ल्याउन साना दलहरू फकाउँदै देउवा

देउवाले बुधबार र बिहीबार मधेशकेन्द्रित दुईवटा दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् भने अन्य साना दलहरूसँग पनि संवाद बढाइरहेका छन्।

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले ५० प्रतिशत मत खसेको जानकारी दिए।

यू-१९ : लुम्बिनीको चौथो जित

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेटले हराउँदै लगातार चौथो जित निकालेको छ।

११ महिनामा साढे ५ लाख विदेशी पर्यटकले नेपाल घुमे

पछिल्लो ११ महिनाको अवधिमा साढे ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।

पराजयको जिम्मा लिँदै मेक्सिकोका प्रशिक्षक मार्टिनोले दिए राजीनामा

मेक्सिको विश्वकपबाट बाहिरिएसँगै प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन्।

समानुपातिकको मतगणना अन्तिम चरणमा, २७ लाख ६६ हजार मतसहित एमालेको अग्रता

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ३ लाख ५९ हजार ५५० मत गणना हुँदा २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरी एमाले सबैभन्दा अगाडि देखिएको छ।

सीके राउत सरकारमा जाने, देउवासँग संवाद

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भएको भेटवार्तामा सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सहमति भएको छ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयनको अवस्थाबारे छलफल भएको छ।

विश्वकपमा दुई पेनाल्टी 'मिस' गर्ने मेस्सी पहिलो खेलाडी

पाँचौ विश्वकप खेलिरहेको मेस्सी विश्वकपमा दुई पेनाल्टी 'मिस' गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। उनले अहिलेसम्म ३१औँ पेनाल्टी मिस गरेका छन्।

देशले चाहेको प्रधानमन्त्री

उमेर ढल्केका पाँचै नेताले देश हितका निमित्त सहकार्य गर्न अग्रसर हुने हो भने थापाको नेतृत्वमा बहुदलीय–राष्ट्रिय सरकार निर्माण गर्ने यो अवसर हो यो।

गण्डकीको पहिलो जितमा गोविन्द र अर्जुनको अर्धशतक

गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गरेको छ। गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुँदै १२५ रनमा समेटियो।

‘युवाले प्रधानमन्त्री हुन दौडिनुभन्दा पार्टी निर्माणमा लाग्नुपर्छ’

रूखमा नभइ गोलाकारभित्रको हँसिया-हतौडामा भोट दिन अपिल गर्दा आम जनमानसको विवेकमा घोचेको मैले अनुभूति गरेँ। अर्थात्, कांग्रेसका लागि गठबन्धन फलिफाप भएन।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार छौँ : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले विनिमय सञ्चितिमा सुधार देखिएकाले मुलुकको अर्थतन्त्र सहज अवस्थामा पुगेको बताएका छन्।

अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा केही चुनौती देखिए पनि संकटमा भने नरहेको दाबी गरेका छन्।

ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, धनगढी तनावग्रस्त

बिहीबार कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ।

माउना लोवामा ४ दशकपछि ज्वालामुखी विस्फोट

वर्षमा विश्वभर करिब ६० वटा ज्वालामुखी विस्फोट हुने गर्छन्। तीमध्ये केही हानिकारक हुन्छन् भने केही विनाशकारीसमेत हुने गरेका छन्।

विद्युत् प्राधिकरणले ३ महिनामा कमायो साढे ८ अर्ब

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक र भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि भएको बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।