गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता लिएको छ।
गृहमन्त्री बालकृष्ण खाँडले बाजुराको त्रिवेणीको अवस्थालाई सहज बनाउन निर्देशन दिएका छन्।
अहिलेसम्म गणना भएको एक हजार ८०० मतमध्ये शुक्लले ९९४ मत प्राप्त गरेका छन्।
एमालेका हिमेश केसीले भने ६७२ मत प्राप्त गरेका छन्।
यादवलाई प्रतिपक्षी गठबन्धनको समर्थन रहेको छ भने ठाकुरलाई सत्ता गठबन्धनको समर्थन छ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लिङ्देन विजयी भएका थिए।
कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता लिएकी छन्।
प्रारम्भिक चरणमा गनिएका १५११ मतमध्ये थापाले ६६८ मत प्राप्त गरेका छन् भने भट्टराईले ६३३ मतका साथ उनलाई टक्कर दिइरहेका छन्।
सहकर्मी हत्याको विरोधमा अनेरास्ववियुलगायत एमाले सम्बद्ध भातृसंगठनले बाजुरा सदरमुकाम मार्तडीबजार बन्द गराएका छन्। अनेरास्ववियु कार्यकर्ताले प्रदर्शन थालेपछि सदरमुकामको अवस्था तनावग्रस्त बनेको छ।
मतपेटिका बोकेर सदरमुकाम पुर्याउन कम्तीमा तीन दिन लाग्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए।
नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले तीन सय ७ मत प्राप्त गरेका छन्।
बोडेस्थित कृषि तालिम केन्द्रमा मतगणनाका क्रममा सदर र बदर मतका विषयमा विवाद हुँदा मतगणना रोकिएको छ।
उनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन्।
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले ६२९ मतसहित अग्रता लिएका छन्।
सिंहले ७ सय ५४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका रवीन्द्र मिश्रको ६ सय ८० मत पाएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा एकसय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले दशवटै क्षेत्रको मतगणना शुरू भएको जानकारी दिए।
किमाथांका, थुदाम र रिदाक केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ भने सिलिचोङ, भोटखोला र मकालु गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याइँदैछ।