AnonymousUser

Logout

कास्की–२ मा स्वतन्त्र पार्टीका कँडेलको अग्रता, पछ्याउँदै विद्या भट्टराई

कास्की २ मा स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई नेकपा एमालेका विद्या भट्टराईले पछ्याइरहेकी छन्।

कास्की–२ मा स्वतन्त्र पार्टीका कँडेलको अग्रता, पछ्याउँदै विद्या भट्टराई

कास्की २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई नेकपा एमालेका विद्या भट्टराईले पछ्याइरहेकी छन्।

काठमाडौँ-९ बाट एमालेका कृष्णगोपाल विजयी

काठमाडौँ क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी भएका छन्।

महोत्तरी-३ मा स्वतन्त्र उम्मेदवार रामआधारलाई पछ्याउँदै महन्थ

महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरलाई लोसपाका महन्थ ठाकुरले पछ्याइरहेका छन्।

चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १२८ मतान्तरले अग्रता लिएका छन्।

कैलाली–५ मा एमालेका नारदमुनिको अग्रता

कैलाली-५ मा नेकपा एमालेका नारदमुनि रानाले प्रारम्भिक अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका डिल्लीराज पन्तले पछ्याइरहेका छन्।

इन्डोनेसियामा भूकम्प : मृतकको संख्या १६२ पुग्यो

भूकम्पमा परी ३०० जना गम्भीर घाइते भएका छन्। ६०० जना सामान्य घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

जनताले सरकार हाँक्ने नयाँ चालक खोजेका छन् : गगन थापा

काठमाडौँ– ४ बाट निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले अहिलेको चुनावी परिणाममा देशमा नयाँ चालकसहितको सरकारको अपेक्षा व्यक्त भएको बताएका छन्। 

प्रतिनिधिसभाका ६ स्थानको परिणाम सार्वजनिक

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हालसम्म कैलाली-३, काठमाडौँ-१, ४, मुस्ताङ, मनाङ र ललितपुर-२ को परिणाम सार्वजनिक भएको छ।

बलियो अर्जेन्टिनालाई रोक्ने रणनीतिमा साउदी अरब

विश्वकपमा पहिलोपटक भेट हुन लागेका यी दुई देश यसअघि चारपटक खेल्दा दुई खेलमा अर्जेन्टिना विजयी भएको थियो भने दुई वटा बराबरीमा टुंगिएका थिए।

राप्रपाले काठमाडौँ– २ बाट प्रदेशसभामा खाता खोल्यो

काठमाडौँ क्षेत्र नम्बर २ (१) मा राप्रपाका सुनिल केसी विजयी भएका छन्।

चीनको एक उद्योगमा आगलागी : ३८ जनाको मृत्यु

चीनको हेनान प्रान्तस्थित औद्योगिक क्षेत्रको एक रसायनिक उद्योगमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई फराकिलो मतान्तरले पराजित गर्दै उन्मुक्ति पार्टीका चौधरी निर्वाचित भएका हुन्।

रुपन्देही–३ मा पछि परे खाँण

रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण पछि परेका छन्।

सुदूरपश्चिमका ५ क्षेत्रमा कांग्रेस तथा एमाले र नागरिक उन्मुक्ति ३ क्षेत्रमा अगाडि

नागरिक उन्मुक्ति पार्टीले कैलाली १, २ र ३ मा अग्रता लिएको छ। भने नेपाली कांग्रेसले डडेलधुरा, दार्चुला, कञ्चनपुर २ र ३ तथा अछाम २ मा अग्रता लिइरहेको छ।

कर्णालीका ८ निर्वाचन क्षेत्रमा को-को अघि?

कर्णालीमा मतगणना जारी रहेका सुर्खेत–१, २, दैलेख–१, २, जाजरकोट, जुम्ला र सल्यान हुन्।

चित्रबहादुर केसीलाई झिनो अग्रता, पछ्याउँदै एमाले

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केसीले तीन हजार ३४९ मत प्राप्त गरेका छन्।

कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

निर्वाचन क्षेत्र-१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठले अहिलेसम्मको गणनामा ५ हजार ४९० मत प्राप्त गरेकी छन्। गठबन्धनका उम्मेदवार रामजनम चौधरीले ३ हजार ५९३ मत प्राप्त गरेका छन्।

ओलीको 'किचन क्याबिनेट'का सबै नेता मतगणनामा पछाडि

प्रतिनिधिसभातर्फको मतगणना जारी रहँदा एमाले अध्यक्ष केपी ओली निकट भनेर चिनिएका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलसहितका नेता पछि परेका छन्।

काठमाडौं–४ मा गगन थापाको 'ह्याट्रिक' जित 

एमालेका राजन भट्टराईलाई छ हजार ८४९ मतान्तरले पराजित गर्दै थापा काठमाडौँ–४ बाट तेस्रो पटक निर्वाचित भएका हुन्।