किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न जनमत पार्टीले माग गरेको छ। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा कानून अध्ययनरत विद्यार्थीलाई प्रत्येक वडामा खटाउने भएको छ। उनीहरूले वडामा आउने सेवाग्राहीलाई आवश्यक कानूनी परामर्श दिनेछन्।
दलित युवाले उच्च जातको युवती बिहे गर्दा स्वतः बलात्कार कायम गर्न खोज्ने, तर्साउने या बाल विवाहको आरोपमा मुद्दा लगाएर थुनाउने र कुनै पनि हालतमा बिहे खारेज गराउने चलन छ।
प्रि–क्वार्टरफाइनलको दुवै लेगमा लिभरपुललाई पराजित गर्दै रियलले अन्तिम आठमा स्थान बनाएको छ।
दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र अपराह्नपछि पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुई बर्से प्रावधान हटाएको छ।
सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ।
चालु आर्थिक वर्षको ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।
भन्सारमा पामनट घोषणा गरिएको वस्तु बाहिर निस्किँदा सुपारी हुन्छ, चामल घोषण गरिएको वस्तु चिनी हुन्छ। कर्मचारीले तस्करसँग मिलेमतो गरेर खल्ती मोटो बनाउँदा सरकार लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन।
संविधानले राष्ट्रपतिको अनुपस्थितिमा उनले गर्ने कामको जिम्मेवारी उपराष्ट्रपतिलाई दिएको छ। यही कारण उपराष्ट्रपति कामविहीन हुने हुँदा माथिल्लो सदनको पदेन अध्यक्ष बनाउनुपर्ने संविधानविद्हरू बताउँछन्।
डाक्टर जियाङ यानयोङले सार्स महामारीबारे सार्वजनिक रूपमा बोल्दा सरकारले उनलाई नजरबन्दमा राखेको थियो।
दीपक मनाङे सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो।
सरकारले मन्त्री तथा उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ।
सरकारले यती एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ।
यूएईका कप्तान मोहम्मद वासिमले पपुवा न्यू गिनीविरुद्ध कीर्तिमानी १२ छक्का प्रहार गरेका छन्।
चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्।
सरकारले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका छन्।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून रहेको बताएको छ।