सिर्सिया नदी दुर्गन्धित बनाउने पाँच उद्योगलाई तीन लाखका दरले जरिबाना गरिएको छ भने स्थानीय तहले अन्य उद्योगलाई पनि कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएका छन्।
समाजमा जुन किसिमको अराजकता र दण्डहीनता मौलाइरहेको छ, जानाजान समाजलाई यो अवस्थामा पुर्याउने पार्टी र नेता दोषी हुन्। तर पार्टीहरूलाई यसमा रतिभर चासो र सरोकार देखिँदैन।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
उद्यमीले पहिलो किस्ता लिएको ६ महिनाभित्र दोस्रो किस्ता माग गर्न सक्ने छन्। कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोको रूपमा राख्नेछ।
फिलिपिन्सको बासिलान प्रान्तमा एक पानीजहाजमा आगलागी हुँदा तीन बालबालिकासहित २८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन्।
मिटरब्याज पीडितले अधिकार सम्पन्न आयोग गठन गरेर मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिस्पर्धा कानूनअन्तर्गत गुगललाई १६ करोड अमेरिकी डलर जरिबाना तिराउने तल्लो अदालतको फैसला भारतको उच्च अदालतले सदर गरिदिएको छ।
राप्रपा अध्यक्ष लिङदेनले व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधिका कारण देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ।
बैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
आगामी महिना प्रधानमन्त्री दाहालको भारत भ्रमणमा नेपालको जलस्रोत मुख्य अजेन्डा हुने निश्चित हुँदा पानी सुरक्षाको रणनीति, भारतीय कम्पनीहरूको बाहुल्य र नेपाल-भारत जलस्रोत सहकार्यबारे प्रश्न उब्जिएका छन्।
ताइवानकी राष्ट्रपति साई इङ वेन अमेरिका भ्रमणमा निस्किनुअघि चीनले अमेरिकी सभामुखलाई नभेट्न र अमेरिका नजान खुला चेतावनी दिएको थियो।
मिटरब्याज पीडितका मुद्दा सम्बोधनका लागि संसद्बाट छिटो भन्दा छिटो आवश्यक कानून निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा महामन्त्री शर्माको जोड छ।
जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठका लागि नेपाल तथा भारतबाट समेत साधुसन्त र तिर्थालु आएका छन्।
टोलीले राहदानीको म्याद सकिएका, क्षति भएका, हराएका, नष्ट भएका र पोर्चुगलमा जन्मेका नाबालिक नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने बताइएको छ।
पटिहानीमा पर्यटकले घडियाल गोहीका साथै एकसिंगे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन्। स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको 'अम्ब्रेला स्ट्रिट' पनि आकर्षणको केन्द्र बनेको छ।
स्थानीय समुदायमा हुने सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक समारोह, बिहे, वनभोज आदिबाट निस्कने फोहोरको व्यवस्थापनमा ती कार्यक्रममा सहभागी तथा त्यस क्षेत्रका सरोकारवालाहरूले ध्यान दिनुपर्ने देखिन्छ।
मोफसलमा सर्वाधिक धनराशि पुरस्कार रहेको खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्।
दिउँसो पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा साँझपख हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ।