बागलुङ नगरपालिका–५ को बान्द्रेगाउँमा खानेपानीको अभावका कारण गाउँ छाडेर जानेको लहर नै चलेको छ। खानेपानी समस्याको दीगो समाधानका लागि पहल नभएको स्थानीयको भनाइ छ।
प्यालेस्टाइनमा भएका दुवै खेल जितेर नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई समान ६–० ले पराजित गरेको थियो।
बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
हरेक आर्थिक क्रियाकलापमा हुने मूल्य अभिवृद्धिको योग गार्हस्थ्य उत्पादनमा जोडिन्छ, तर चुरोट, खैनी वा गुट्खा कम्पनीले पारेको पर्यावरणीय, सामाजिक र स्वास्थ्यमाथिको असर गणना भने गरिँदैन।
अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १४६औँ महासभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताए।
अपराह्नपछि लुम्बिनी प्रदेशसहित तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको संवैधानिक पदमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन्।
संखुवासभा, धनकुटा र तेह्रथुममा छायांकन गरिएको भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरूको अभिनयलाई प्रस्तुत गरिएको छ।
एक–दुई महिना पनि नटिक्ने गठबन्धनसिर्जित अन्योल र मन्त्रालयहरूमा हुने हानथापको आडमा धेरैजसो मन्त्रालय आफूमातहत राखेर चलाइरहेका प्रधानमन्त्री त्यसबाट सिर्जित समस्याप्रति पूरै उदासीन देखिन्छन्।
बारा-२ यादव बाहुल्य क्षेत्र हो। उपराष्ट्रपति उम्मेदवार रामसहायले गत निर्वाचनमा १३ हजार ८२२ मत पाएर जित्दा तेस्रो र चौँथो स्थान पाएका यादव समुदायका दुई स्वतन्त्र उम्मेदवारको मत २१ हजारभन्दा बढी थियो।
बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम तीव्र रूपमा बढिरहेकाले भविष्यमा पानीको स्रोतमै असर पुग्ने विज्ञहरूले बताएका छन्।
म्यान्मार सेनाको आक्रमणबाट दक्षिणी शान राज्यको एउटा गुम्बामा कम्तिमा २८ जनाको ज्यान गएको छ।
शिक्षण अस्पतालसँग बर्सेनि १० देखि १५ जनामा कलेजो प्रत्यारोपण गर्ने क्षमता छ, तर ३ वर्षमा ९ जनाको प्रत्यारोपण भयो। गरिबी, कलेजोबारे जनचेतना र नेपालमा हुने उपचारको जानकारी नहुँदा बिरामी नै पुग्दैनन्।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित छोरी निसाकुसुमको घरमा सरेकी छन्।
आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ।
'ए' डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै खुमलटार अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ।
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान करिब १२ प्रतिशतले कटौती गरेको छ। अनुदान कटौतीसँगै युरियाको मूल्य प्रतिकेजी २५ रुपैयाँ, डीएपीको ५० र पोटासको ४० पर्ने भएको छ।
सोमबार २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक किनबेच हुँदा एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
एमाले संसदीय दलको नेता केपी शर्मा ओलीले सोमबार उपनेतामा सुवास नेम्वाङलाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले सर्वोच्चमा आफूविरुद्ध रिट दर्ता हुँदा तरंग पैदा भए पनि त्यसले माओवादी धारका दलहरूलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्।