शुक्रबार क्रोएसियासँग पराजित भएपछि ब्राजिलको जारी विश्वकप यात्रा सकिएको थियो। उक्त हारको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन्।
फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
शुक्रबार बसेकाे माओवादी पदाधिकारी बैठकले समानुपातिक सांसदकाे नाम टुंगाे लगाउन सकेकाे थिएन। समानुपातिक सांसदकाे सूची शनिबार नै निर्वाचन आयोगमा पेस गर्नुपर्ने तालिका छ।
राखेप सदस्य–सचिव भएपछि सिंहले गरेका धेरै निर्णयले वाहवाही कमाएको थियो। राजनीतिक नियुक्तिबाट आएका र पद मात्र ओगटेका कतिपयलाई हटाउन थालेपछि भने आलोचना भयो। तर उनी न मात्तिए, न आत्तिएका थिए।
मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार अन्तर्गतका अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताएका छन्।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलको नियमित समयमा अर्जेन्टिना र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको छ।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डविरुद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो।
ब्राजिलका स्टार फरवार्ड नेयमारले महान् पूर्व फरवार्ड पेलेको कीर्तिमान बराबरी गरेका छन्। पेलेले अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका थिए। नेयमारले उनको सोही कीर्तिमानसँग बराबरी गरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगमा राजनीतिक स्वार्थ झल्किएपछि न्यायपालिका सुधारका लागि भन्दै गरिएको आन्दोलन विफल प्रायः भएको छ।
कतारले विश्वकपलाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ। कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ट पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् विनोद।
कोर मधेशमा कमजोर एमालेलाई मधेश विरोधी ट्याग पनि थियो। प्रतिकूल अवस्थामा पनि ओलीले मधेशलाई काफी प्राथमिकता दिए। तर शेरबहादुर देउवाले न मधेशमा संगठन बनाउन रुची देखाए, न चुनावमा प्राथमिकतामा राखे।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्न सके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन्।
प्रदेशसभामा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलका उम्मेदवारको समेत जमानत जफत भएको छ।
यस वर्षको हिउँदयाममा औसतभन्दा कम वर्षा हुने र न्यूनतम तथा अधिकतम तापक्रम सरदरभन्दा बढ्ने प्रक्षेपण गरिएको छ।
विश्वको सबैभन्दा ठूलो पर्खाल चीनको ग्रेट वालमा टमी र जिमी लिन्डसे दाजुभाइ किन दौडिरहेका छन्?
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएर चौथो ठूलो पार्टी बनेको रास्वपामा समानुपातिक सांसद छनोटलाई लिएर विवाद भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्सेमा त्यसपछिका तीन कारोबार दिनमा लगातार गिरावट आयो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशत पनि उम्मेदवार नबनाएर राजनीतिक दलहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको बताएका छन्।