AnonymousUser

Logout

कस्ताे छ बुधबारकाे माैसम?

दिउँसो देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

सभामुखलाई निम्छरो होइन, जिम्मेवार बनाउन

नयाँ सभामुखले संसद्का बैठक सञ्चालन गर्नुपूर्व परामर्श र छलफल नगरेकै कारण अहिले यी प्रश्नहरू उठेका हुन्। संसद्मा रहेका विभिन्न दलले सभामुखमाथि शंका गरेका हुन्।

गलत लिखत बनाइ श्रीमतीलाई राहत शिक्षक नियुक्त गर्ने प्रधानाध्यापकले पाए सफाइ

गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति गरेको अभियोग लागेका पूर्वप्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले मंगलबार सफाइ दिएको छ।

म्यानमारमा सुचीको पार्टी एनएलडीको दर्ता खारेज

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको दल एनएलडीको दर्ता खारेजको घोषणा गरेको छ।

थ्री नेसन्स् कप : नेपालविरुद्ध भुटानको ऐतिहासिक बराबरी

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको छ। भुटानविरुद्ध अहिलेसम्म १३ खेल खेलिसकेको नेपालले १२ खेलमा जित हात पारेको थियो।

दाहाल सरकारले ल्याएका र ल्याउन खोजेका सबै विधेयक विवादमा

सिंहदरबारमा आफ्नो तेस्रो कार्यकाल सम्झनलायक बनाउने घोषणा गरेका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले यो कार्यकालमा ल्याएका र ल्याउने तयारी गरेका सबै विधेयक विवादित बनेका छन्।

गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाले प्रवेश पाएन, न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको तर मन्त्रालय भागबन्डाको विषयले प्रवेश नपाएको बताएका छन्।

थ्री नेसन्स् कप : पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता

थ्री नेसन्स् कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो खेलको पहिलो हाफमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ।

मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा ३९ जनाको मृत्यु

६८ जना आप्रवासीलाई राखिएको सिउडाड वारेज हिरासत केन्द्रमा आगलागी भएको मेक्सिकोको अध्यागमन विभागले जनाएको छ।

१ लाखसम्मको कारोबार गर्ने मर्चेन्टलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकको निर्देशन

वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने भुक्तानी सेवा प्रदायकलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निःशुल्क टेलिमेडिसिन सेवा

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।

किन भइरहेछ नियन्त्रित सदनको खोजी?

सत्तागठबन्धनका दल–सांसदहरू सभामुखको अधिकार कटौती गर्ने रणनीतिमा तल्लीन भइरहँदा संविधान र संसदीय अभ्यासका जानकारहरू यसरी सदन नचल्ने, त्यसले संसदीय अभ्यास नै समाप्त पार्न सक्ने बताउँछन्।

दरबन्दीअनुसार न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयो: सर्वोच्च अदालत

सर्वोच्च अदालतमा २१ जनाको दरबन्दी भए पनि विगत ६ महिनादेखि १६ जना मात्रै न्यायाधीश कार्यरत रहेका छन्, जसका कारण समयमै न्याय निरूपण गर्न नसकिएको प्रवक्ता विमल पौडेल बताउँछन्।

जर्मनीले युक्रेनलाई पठायो अत्याधुनिक युद्ध ट्यांक

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले 'लियोपर्ड–२' ट्यांकले रुससँगको युद्धमा युक्रेनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ललितपुर मेयर्स कप : उपाधिका लागि एपीएफ र कोशी भिड्ने

ललितपुर मेयर्स कपको उपाधिका लागि साबिक विजेता एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ४४ करोडको कारोबार

मंगलबार २५८ वटा कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर ३५ हजार ९२६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ बराबरको कारोबार भएको छ।

मन्त्रालय र मन्त्रीको नाम छिटो टुंग्याउन कार्यदललाई एकीकृत समाजवादीको निर्देशन

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ।

शक्तिशाली आणविक हतियार बनाउन किम जोन उनले दिए विज्ञहरूलाई निर्देशन

उत्तर कोरियाली राष्ट्रपति किमले अमेरिका र दक्षिण कोरियाले निम्त्याएको तनाव रोक्न र मुलुकको सुरक्षाका लागि शक्तिशाली आणविक हतियार बनाउनुपर्नेमा जोड दिएका छन्।

सत्य निरूपणसम्बन्धी संशोधन विधेयकमा रहेका त्रुटि सच्याउन द्वन्द्वपीडित र अधिकारकर्मीको माग

द्वन्द्वपीडित तथा मानवअधिकारवादी समुदायले सत्य निरूपणसम्बन्धी संशोधन विधेयकमा रहेका त्रुटिपूर्ण प्रावधानहरू पीडित र नागरिक समाजले सरकारलाई बुझाएको सुझावबमोजिम सच्याउन माग गरेका छन्।

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप [तस्वीरहरू]

कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनका क्रममा पहिचानवादी र प्रहरीबीच झडप भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।