प्रधानमन्त्री देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित र पीडित परिवारलाई यथाशीघ्र न्याय गर्न सरकार सचेत रहेको बताएका छन्।
६ महिनादेखि सडक र फुटपाथ व्यवसायीमाथि भइरहेको अत्याचार हेर्दा सोध्नैपर्ने भएको छ– हामी कस्तो शहर बनाउँदैछौँ? यहाँ बस्ने मानिसलाई हेरेर जीवन्त शहर बनाउँदैछौँ कि भौतिक रूपमा सम्पन्न तर मृत शहर?
निर्वाचन आयोगले राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने भएको छ।
नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपाचारका क्रममा शनिबार निधन भएको छ।
माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले समानुपातिक सांसदको नामावलीलाई अन्तिम रूप दिएको छ।
धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।
नेकपा एमालेले निर्वाचनका बेला पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा घनश्याम भुसाल र प्रभु साहलगायतका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
नेकपा एमालेले समानुपातिकतर्फको सांसदको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा पेस गर्ने तयारी गरेको छ।
सरकारले आठ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाए पनि गैरकानूनी आयातका कारण बजारमा सजिलै उपलब्ध भइरहेको व्यवसायी र सरकारी अधिकारी नै बताउँछन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले दलहरूले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।
सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँगको सल्लाहमा समानुपातिक सांसदको नाम टुंगो लगाएका छन्।
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाले प्रत्यक्षतर्फ सात सिट जितेको थियो भने समानुपातिकतर्फ ११ लाखभन्दा बढी मत ल्याएर १३ सिट पाएको प्राप्त गरेको थियो।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट संख्याको अन्तिम सूची शनिबारसम्म बुझाउन निर्देशन दिएको थियो।
नेपाली कांग्रेस पदाधिकारी बैठकले समानुपातिकतर्फको बन्दसूचीबाट निर्वाचन आयोगमा पठाउने नामको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।
आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथन त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्का र महिला हाफ म्याराथन बागमतीका सन्तोषी श्रेष्ठले जितेका छन्।
इरानी महिलाहरूले निजत्वको अधिकारका लागि थालेको आन्दोलन त्यहाँको इस्लामिक गणतन्त्र सत्ताका लागि चुनौती बनेको छ। आन्दोलन व्यापक हुँदै जाँदा पुरुषहरू पनि त्यसमा सशक्तरूपले सहभागी हुन थालेका छन्।
हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकले सहज हवाई यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू गर्न माग गरेका छन्।
सरकारले मानव अधिकार पुरस्कार–२०७९, मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ।
समानुपातिक सांसद छनोट र आमनिर्वाचनकाे समीक्षा गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।
पारिजातकै जीवनले रचेका कुरालाई किताबमा उतारेको हुँ मैले। उहाँको जीवनमा धेरै पक्ष तथा अन्तरकुन्तरका कुराहरू थिए, जुन कुरा आममान्छेलाई थाहा छैन। ती कुरा थाहा पाउन चाहिँ यो किताब पढ्नुपर्छ भन्ठान्छु।