लामो समयसम्म नवजात शिशु तथा बालबालिकाको मुखमा केही बस्नु भनेको उनीहरूको मुखमा कीटाणु जम्मा हुन दिनु हो। त्यसैले दुधदानी र प्यासिफायर जस्ता चीज धेरैबेर बच्चाको मुखमा राख्दा ठूलो समस्या निम्तिन सक्छ।
यस वर्षको शुरूआतदेखि वेस्ट ब्यांक क्षेत्रमा इजरायली आक्रमण बढेको हो। यसबीचमा लडाकु र सर्वसाधारण गरी ८० जना प्यालेस्टिनी मारिएका छन्।
प्रधानमन्त्री दाहालले विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरू भएको छ।
जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिनको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको हो।
नवलपरासी जिल्ला कारागारमा १७७ कैदीबन्दी राख्ने क्षमता छ। तर, ७४ जना महिला, ४२१ पुरुष र तीन नाबालक कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ।
बागलुङको गलकोट नगरपालिका–६ मजुवाफाँटमा प्रशासकीय भवन बनाउन २०७९ असारमा सम्झौता भएको थियो। तर, हालसम्म १० प्रतिशत मात्रै प्रगति भएको छ।
पोर्चुगिज क्लब स्पोर्टिङसँग पेनाल्टीमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
खानुभयो, बोल्नुभयो, सोध्नुभयो, बताउनुभयो प्रकारका सामग्री आजको सूचना प्रविधिको युगमा समाचार होइन, अपवादलाई छाडेर सूचना मात्र हुन्।
उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादीबाट रामसहाय यादव र प्रमीलाकुमारी यादव उम्मेदवार छन्।
दिउँसो पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
भूकम्पको केन्द्रबिन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले बिहीबार राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए।
मधेश प्रदेशले गुल्सन झा र आरिफ सेखलाई दुई/दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।
सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे।
लिग–२ मा प्रशिक्षकहरूले ब्याटिङमा ३२ र बलिङमा १९ खेलाडीलाई मौका दिए पनि प्रदर्शन खस्किएको थियो। २४ खेल सकिँदा पाँचौँ स्थानमा भएको नेपालले अन्तिम १२ मध्ये ११ ओडीआई जितेपछि भविष्यको बाटो नै बदलिएको छ।
यूएईलाई डीएलएस पद्धतिमा नौ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएपछि प्रशिक्षक मोन्टी देसाईंले खेलाडीमा अद्भुत क्षमता रहेको बताएका छन्।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।
२०७२ सालमा क्षतिग्रस्त बनेको राष्ट्रिय कला संग्रहालय भक्तपुर नगरपालिकाले मल्लकालीन शैलीमा बनाउन चाहेको छ। तर राणाकालीन खण्ड त्यही शैलीमा बनाउनु पर्ने पुरातत्त्व विभागको अडानले पुनर्निर्माण रोकिएको छ।
सर्वोच्च अदालतले अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकारसहितका संरचना बनाउन दिने सरकारको निर्णयविरुद्धको रिटमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पनि विपक्षी बनाउन आदेश दिएको छ।