पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको पर्यटनमन्त्री किराँतीको भनाइ छ।
जगदीशपुर मुलुककै सबैभन्दा धेरै पानी चरालाई आश्रय प्रदान गरिरहेको ताल हो। हालै भएको गणनामा यहाँ ४४ प्रजातिका ९ हजार ४८७ चरा भेटिएका छन्।
प्रशिक्षक एनिसको नेतृत्वमा नेपालले अपराजित रहँदै थ्री नेसन्स कपको उपाधि जितेको छ। तर यो जितबाट न प्रशिक्षक एनिस खुशी छन्, न त फुटबल जानकारहरूले नै ठूलो महत्त्व दिएका छन्।
मिटरब्याज पीडितको समस्या अहिले पनि समाधान नभए कहिल्यै नहुने प्रधानमन्त्री दाहालले बताएका छन्।
सर्लाहीको बागमती नगरपालिका–४ र १२ स्थित भरत तालमा नेपाल र भारतबाट दैनिक २०० हाराहारी पर्यटक आउने गरेका छन्। ताल निर्माणकै चरणमा रहे पनि पर्यटकका लागि ३१ वटा साना र एउटा ठूलो डुंगा सञ्चालनमा ल्याइएको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पीडितहरू शनिबार बिहान बालुवाटार पुगेका छन्।
अमेरिकाको भर्जिनियास्थित न्युपोर्ट न्युज जेलका दुई जना कैदी दाँत माझ्ने ब्रस र फलामका छडको प्रयोगले पर्खालमा प्वाल पारेर भागेका थिए।
बागलुङका दुर्गम गाउँहरू सडक सञ्जालले जोडिएका छन्। सडक पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ।
आईपीएल क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच तथा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।
मन्दिर परिसरमा ललितत्रिपुरसुन्दरीको शालिक पनि राखिएको छ। उनको नामबाट शिव मन्दिर निर्माण भएका कारण मन्दिरको नाम त्रिपुरेश्वर महादेव राखियो। यसैबाट यस ठाउँको नाम पनि त्रिपुरेश्वर रहन पुग्यो।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।
जापानी नागरिक सिएची सानोले गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा पाको उमेरमा सर्फिङ गर्ने पुरुषको कीर्तिमान राखेका छन्।
तनहुँ–१ मा रास्वपा, कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार टुंग्याएका छन् भने एमालेबाट सर्वेन्द्र खनाल दाबेदार देखिएका छन्। माओवादी केन्द्रले उम्मेदवार उठाउने/नउठाउनेबारे निर्णय लिएको छैन।
नेपालले प्रधानमन्त्री थ्री नेसन्स् कप फुटबल प्रतियोगितामा लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।
नेपाल यस्तै हुनुपर्छ भन्ने होइन। मिल्दोजुल्दो पद्धति भन्दै खराब अभ्यासको दुरुस्तै नक्कल गर्ने, उस्तै परे रकेट उडाइदिने, तर प्रणालीगत सुधार, थिति बसाल्ने काममा देखासिकी पटक्कै नगर्ने त अल्लि मिलेन नि!
थ्री नेसन्स् कपको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन्।
नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
तीन टोलीको अनुपस्थितिसँगै समूह ‘सी’को ढाँचा पनि परिवर्तन भएको छ। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
शरतसिंह भण्डारी पहिलोपटक २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा सहायकमन्त्री भएका थिए। पञ्चायत ढलेर प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा उनले १२औँ पटक मन्त्रीको शपथ लिएका छन्।