AnonymousUser

Logout

जोगी भेषमा पैसा असुल्दै

जोगी भेषमा पैदलयात्रीलाई घेर्दै, पैसा असुल्दै

\nभेषभुषा हेर्दा जोगीको छ, तर उनीहरूले बाटोमा हिँड्ने पैदल यात्रीलाई गर्ने व्यवहार अस्वाभाविक लाग्छन्। पशुपति तीलगँगा नजिकै बिहानैदेखि ओहोर दोहोर गरिरहने अधिकाँश २२ वर्ष उमेर नकटेका जस्ता देखिने साधुभेषीहरू पैदलयात्रीलाई बाटो छेकेर घेर्छन् र उनीहरूले बोकेका कमाण्डलुमा पैसा राख्न भन्छन्। ती साधु भेषधारीले पैदल यात्रीको हुलिया वा अनुहार हेरेर घेर्ने गर्छन्। सोझा सिधा, र धेरैजसो वैदेशिक रोजगारीमा लगेजसहित हिँडेकालाई घेरिरहेको भेटिन्छन्। “सुरुमा पाँच रुपैयाँ राख भन्यो, त्यसपछि भगवानको नाम फलाक्दै क्रमशः पैसा राख्न लगायो।” रौतहटका ४० वर्षीय नागेन्द्र साहले भने “फुत्कनै दिँदैनन्,अनेक आश र प्रलोभनका कुरा सुनाउँछन्, विभिन्न भगवानको नाम लिँदै पैसा राख्न लगायो।” तीलगँगा वरपरका वासिन्दाका अनुसार यी पहेँलो वस्त्रधारी युवाहरू आएको त्यस्तै महिना दिन जति भयो।\n

जलहरीबारे सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने र एमालेले संसद् अवरोध नगर्ने सहमति

सांसद राजन दाहालले बोलेको कुरा रेकर्डबाट हटाउने र प्रधानमन्त्री दाहालले यस विषयमा प्रतिनिधिसभामा बोल्ने शीर्ष तीन दलबीच सहमति बनेपछि शनिबार एमालेले सदनमा अवरोध नगर्ने भएको छ।

हरिदेवी कोइरालाको दैनिकी: हजार गीतको आर्काइभ तयार पार्दै, आत्मकथा लेख्दै

लमजुङबाट हरिदेवी श्रीमानलाई साथ लिएर काठमाडौँस्थित रेडियो नेपाल पुगिन्। २०४०/४१ सालतिर ‘पाइनँ खबर’ गीत रेकर्ड भएर बजारमा आयो। एकदमै ‘हिट’ भयो। उनले पहिलो गीतबाटै प्रसिद्धि कमाइन्।

पदमार्गको आकर्षण: नेपालमा मात्र पाइने गुराँस मौरिस हर्गोज

दुई हजार ८८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार ५५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने पर्यटकलाई अन्नपूर्ण खोला वारिपारिका पाखामा फुलेको गुराँसले लोभ्याएको छ।

प्रधानमन्त्रीसहित काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूबीच संसद् अवरोध खुलाउने विषयमा छलफल

सदनको अवरोध हटाउने विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीसहितका नेता प्रधानमन्त्री कार्यालय सिंहदरबार गएका छन्। 

फेवातालको सिमसार क्षेत्र पुर्न रोक्ने निर्णय

भू तथा जलाधार संरक्षण समितिको बैठकले सिमसार क्षेत्र पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र जिल्ला प्रशासनलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ।

जुन्टा सरकारको आलोचना गरेको आरोपमा म्यानमारका चर्चित र्‍यापर पक्राउ

सैनिक शासनविरुद्ध लगातार गीत बनाइरहेका गायक ब्यु हारले पछिल्लो भिडियोमा जुन्टाविरुद्ध आक्रोश पोखेका थिए। उनले भिडियोको क्याप्सनमा आफ्नो घरको ठेगाना दिँदै आफूलाई पक्राउ गर्न चुनौती पनि दिएका थिए।

बच्चा नजन्मँदैमा पहाड खस्दैन

बच्चा जन्माउने विषय सधैँ दम्पतीको वशमा हुँदैन भन्ने मजासँग जान्दछु। बच्चा जन्माएर जीवन सार्थक हुने र बच्चा नहुँदा जीवनमा अनर्थ र अपूर्ण हुने कुरा मान्दिनँ।

व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार

बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार क्षेत्रमा आवश्यक पर्ने विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ।

कमला नदी दोहनविरुद्धको आन्दोलनलाई ‘निर्णायक’ बनाउन जाग्दैछन् स्थानीय

अघिल्लो वर्ष भएको यस्तै आन्दोलनले नौ महिनासम्म उत्खनन् रोकिए पनि यसपटक फागुनदेखि दोहन गर्नेहरू डोजर लिएर नदीमा पसेको देखेपछि स्थानीयहरू अझ व्यवस्थित योजना र फराकिलो एकताका साथ आन्दोलित भएका हुन्।

अमेरिकी रक्षामन्त्री अस्टिन अर्को साता भारत आउँदै

अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि तीन एशियाली राष्ट्रको भ्रमण गर्ने भएका छन्। उनी जापान र सिंगापुरको भ्रमणपछि भारत आउने कार्यक्रम छ।

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो: ओली

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए। एमालेविरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

काभा महिला भलिबल: नेपाल सेमिफाइनलमा पराजित, उपाधिका लागि काजकस्तान र भारत भिड्ने

प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा आयोजक नेपाललाई काजकस्तानले ३-२ को सेटमा पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको छ।

फुटबल सुन हो, एन्फाले बेच्न सकेन : पूर्वअध्यक्ष शेर्पा

“एन्फा गैडाको छालाभन्दा पनि कडा संस्था भयो। ए डिभिजन कै हालत यस्तो छ। बी सी लिग हुन्छ भनेर कसरी विश्वास गर्ने?,” शेर्पाले भने

जसपा प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेका हुन्।

केजी बुलेटिन: लाइक गर्न नपाईने पोस्ट, बज्ने-बजाउने घण्टी र नलागेको बात

राजनीतिमै यति धेरै रोचक घटना-परिघटना घटिरहेका र जनता आनन्दित, प्रफुल्लित भइरहेका हुँदा यस बुलेटिनमा छुट्टै मनोरन्जन विधाको सामग्री समावेश गरिएको छैन।

एफसी यू–२० महिला एशियन कप : छनोटको दोस्रो चरणका लागि नेपालको टोली घोषणा

छनोटको समूह ‘बी’ मा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेइसँग परेको छ। पहिलो खेल जुन ६ मा आयोजक म्यानमारसँग हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार लक्ष्मी महर्जन पक्राउ

अदालतमा दायर गरिएको अभियोगपत्रमा प्रतिवादी सन्देश शर्माले 'बाँकी रकम केशव तुलाधर र लक्ष्मी महर्जनको खातामा पठाइदिनू' भनेर गजेन्द्र बुढाथोकीलाई खाता नम्बर पठाएको उल्लेख छ।

रेशमको सजाय माफीबारे गृहलाई राष्ट्रपति कार्यालयको सन्देश- कानून बमोजिम गर्नू

चौधरीले बुधबार सजाय माफी दिएर रिहा गर्न माग गर्दै गृह मन्त्रालयमा पठाएको पत्र मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा पठाएको थियो।

एकै हप्तामा तीन हिमाल आरोहण

निमाले संसारको सर्वोच्च हिमाल सगरमाथासहित ल्होत्से र मकालु हिमाल आरोहण गरेका छन्।