AnonymousUser

Logout

लम्पी स्किन महामारीका कारण चितवनमा बीमा कम्पनीले गर्नछाडे पशुको बीमा

चितवनका किसानले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै बीमा गरिएका पशुधनको मृत्यु भएको क्षतिपूर्ति रकम तुरुन्त पाउनुपर्ने र नयाँ बीमा पनि गरिनुपर्ने माग गरेका छन्।

एनसेलविरुद्ध नेपालले जितेको मुद्दाको फैसलामा के छ?

एनसेलविरुद्धको मुद्दा जितेपछि नेपालको करिब ६० अर्ब रुपैयाँ जोगिएको छ नै, नेपालमा कानूनी शासन छ र लगानी गर्न सकिन्छ, विदेशी भएकै कारण अप्ठ्यारो भोग्नुपर्दैन भन्ने सन्देश पनि गएको कानूनविद्हरू बताउँछन्।

पानी नपर्दा उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

कञ्चनपुरमा ८०० देखि १ हजार हेक्टर जमिनमा खेती हुने उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन छ। तर, यो वर्षा पानी नपर्दा खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

रुसको नियन्त्रणबाट तीन वटा गाउँ मुक्त गराएको युक्रेनको दाबी

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गएको शनिबार रुसविरुद्ध प्रतिआक्रमण शुरू भएको घोषणा गरेपछि युक्रेनले पहिलोपटक रुस नियन्त्रित क्षेत्र पुनः फिर्ता लिन सफल भएको हो।

सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

बनेपाको भैँसेपाटी क्षेत्रमा सडक विस्तारका क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले डोजर चलाउन तत्कालै रोक्न पुरातत्व विभागले जिल्ला प्रशासन काभ्रेलाई पत्र पठाएको छ।

नोभाक जोकोभिचलाई २३औँ ग्रान्ड स्लाम, तेस्रोपटक जिते फ्रेन्च ओपनको उपाधि

नोभाक जोकोभिच पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी भएका छन्। जोकोभिच र सेरेना विलियम्सले समान २३ पटक ग्रान्ड स्लाम उपाधि जितेका छन्।

पितृसत्ताका अनेक ताण्डव

पुरुष घरको बुर्जुवा हो भने पत्नी सर्वहारा हुन्। एङ्गेल्सका अनुसार पशुपालन र खेतीपातीको शुरूआत भएको समय (बर्बर युग) मा नै 'पितृसत्ता'को समेत उदय भएको हो।

सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुन: झडप

गत अप्रिलको मध्यदेखि सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजको नेतृत्व सम्हालिरहेका मोहमद हमदान डग्लोको समूहबीच भिडन्त भइरहेको छ।

भद्रपुरमा सन्थाल आवास निर्माणका लागि २ करोड बजेट, नगरपालिकामार्फत खर्च हुने

संघीय सरकारले दिने २ करोड बजेटबाट सन्थाल समुदायका लागि १०० घर बनाउन सकिने भद्रपुर नगरपालिकाले जनाएको छ। उक्त नगरक्षेत्रमा ६३४ घर सन्थाल छन्।

काकाकुल मधेशः चापाकलमा आउँदैन पानी, सुक्न थाले खोला

तापक्रम बढेर उखरमाउलो गर्मी भइरहेको तराई मधेशमा पानीको समेत समस्या थपिएको छ। वर्षा नहुँदा चापाकलमा पानी आउन छाडेको छ भने, १२ महिना नै बग्ने खोलासमेत यसपटक सुकेका छन्।

थ्रीस्टारले दुई खेलमा बिनाभिसाका विदेशी खेलाएको आरोप, एपीएफले गर्‍यो कारबाहीको माग

२४औँ चरणको खेलमा श्रम स्वीकृति सकिएपछि चार वटा क्लबले विदेशी खेलाडीलाई मैदान उतारेका थिएनन्। तर, थ्री स्टारले नाइजेरियन खेलाडी मार्टिन अजयी र पिटर सेगुनलाई खेलाएको एपीएफको दाबी छ।

यसपालि पनि फैलिन सक्छ डेंगी, यसरी अपनाऊँ सावधानी

गर्मी ठाउँमा मात्र देखा पर्ने विश्वास गरिँदै आएको डेंगीले महामारीको रूप लिँदा अघिल्लो वर्ष काठमाडौँवासीलाई समेत अत्याएको थियो। यस वर्ष संक्रमण फैलिन नदिन रोकथामका उपायतिर लाग्ने बेला भयो।

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई

दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै उपाधि जितेको छ। प्रतियोगितामा टेस्ट मान्यता पाएका १२ मध्ये नौ देश सहभागी थिए।

नेप्से परिसूचक ४०.४८ अंकले बढ्यो, कारोबार भएका १३ वटै उपसमूहको मूल्यमा वृद्धि

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको ११  करोड ४७ लाख २४ हजार ५१८ बराबरको कारोबार भएको छ। 

लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीतिको विमोचन

पुस्तकमा सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताले मूल्य–मान्यता संविधानविपरित चालेका कदमद्वारा निर्मित नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरिएको छ।

भक्तपुरमा जारी पुरुष राष्ट्रिय भलिबलको सेमीफाइनल समीकरण पूरा  

सूर्यविनायक–४ हर्सचोकमा भइरहेको प्रतियोगितामा न्युटन एकेडेमी, सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघ अन्तिम चारमा पुगेका छन्। 

प्रधानमन्त्रीविरुद्ध पूर्वबालसेनाको रिट सर्वोच्चमा दर्ता, जेठ ३० गते पेसी

सशस्त्र द्वन्द्वकालमा आफूलाई युद्धमा प्रयोग गरेको तर अहिले व्यवस्थापन नगरेको भन्दै पूर्वबालसेना लेनिन विष्टले पेस गरेको रिट आइतबार दर्ता भएको छ।

बलियो वित्तीय विवरणबिना नै शेयर निष्कासन, जोखिममा सर्वसाधारणको लगानी

उच्च मुनाफा गरिरहँदा ‘प्राइभेट लिमिटेड’मै रहन चाहने घोराही सिमेन्ट र नेपाल रिपब्लिक मिडियाजस्ता कम्पनीले घाटामा गएपछि वा मुनाफा पहिलाकै जस्तो हुन नसक्ने अवस्था भएपछि आईपीओ निष्कासन गर्न थालेका छन्।

सरकारले आफ्नै प्रतिबद्धताविपरित बजेट ल्यायो: विष्णु पौडेल

सरकारले पुँजीगत खर्च बढाउने घोषणा गरेको भए पनि आगामी वर्षको बजेटमा चालू आवभन्दा ७८ अर्ब ३१ करोड रुपैयाँ घटाएको उपाध्यक्ष पौडेलले औँल्याएका छन्।

लागूऔषध काराेबारीमाथि प्रहरीले चलायो गाेली, १ जना घाइते

लागूऔषध काराेबारीलाई पक्राउ गर्नेक्रममा प्रहरीलाई नै आक्रमण गर्न खाेजेपछि गाेली चलाएकाे लागूऔषध नियन्त्रण ब्युराे स्राेतले जनाएकाे छ।