अञ्जन एक्कासि मैदानमा प्रवेश गरेर रेफ्री प्रज्ज्वलको मुखमा मुक्का प्रहार गरे। झगडा छुट्टाउन सहायक रेफ्री यादव किसन कनैया र हरिस कार्की पनि मैदान प्रवेश गरे। खेल करिब ४५ मिनेट रोकियो।
पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन एक वर्षपछि मात्र नयाँ करका दर लागू गर्ने व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन्।
राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।
सशस्त्र द्वन्द्वकालमा बालसेना प्रयोग गरी युद्धअपराध गरेको भन्दै प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतलाई कारबाही गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सांसदहरूले गाईबस्तुमा देखिएको लम्पिस्किन रोग नियन्त्रण, तराई/मधेश तातो हावा (लू)ले जनजीवनमा पारेको प्रभावका साथै भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साबारे ध्यानाकर्षण गराएका छन्।
निर्वाचन आयोगका जिल्ला कार्यालयलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावप्रति सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन्।
माओवादी केन्द्रका उपमहासचिव शर्माले विगत १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव गरेका छन्।
विदेशी मुद्रा सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा वैशाखमा १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ अर्ब २१ करोड कायम भएको छ।
गत वर्ष भएको स्थानीय तह निर्वाचनपछि काठमाडौँमा ठेला र साइकलमा व्यवसाय गर्नेको जीवन संकटतिर धकेलिएको छ। कतिपयले कम आम्दानी हुने वैकल्पिक पेसा थालेका छन्, कोही भने लुकिछिपी व्यापार नै गरिरहेका छन्।
कोशी प्रदेशमा भइरहेको आन्दोलनप्रति लक्षित गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पाइने, तर अराजक गतिविधि भने सह्य नहुने स्पष्ट पारेका छन्।
राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि ७.४१ प्रतिशत पुगेको छ। सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेको थियो।
सत्तापक्षकै कार्यकताले बिहीबार कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउनेलगायत प्रयास गरेको भट्टराईले बताए।
राष्ट्रपतिलाई मन्त्रिपरिषद्ले नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने भनी गरेको निर्णयको पत्र र राष्ट्रपतिले प्रमाणीकरण गरेको सक्कल पत्र झिकाउन सर्वोच्चले आदेश दिएको छ।
राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै अध्यक्ष नेपालले बिना पैसा कुनै काम नहुने अवस्था आएको बताए।
खुमलटारले शुक्रबार अन्तिम खेलमा उपाधि जितिसकेको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने तय छ। यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ।
निर्माण शुरू भएर लामो समय बित्दासमेत अधुरै रहेका ठेक्का तोड्न थालिएको सडक विभागले जनाएको छ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले समय गुजारेर थाँती राखेको नागरिकता सम्बन्धी विधेयक गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडलले प्रमाणीकरण गरेका थिए।
बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि व्यास नगरपालिका–८ सोतीबेँसीका २० जना कृषकले २०० रोपनी जग्गामा बेसार खेतीको शुरूआत गरेका छन्।
राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित विजयी भएको छ। एशिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्।
लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिका कारण जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्लो समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी आलोचना हुन थालेको छ।