AnonymousUser

Logout

राष्ट्रपति चुनाव: व्यवस्था जोगाउन रामचन्द्र कि सुवासचन्द्र?

हारको संघारमा भएपछि वामपन्थी र जनजाति 'सेन्टिमेन्ट'को केही भोट तानेरै भए पनि गठबन्धनलाई चक्मा खुवाउन सकिन्छ कि भन्ने सोचबाट प्रेरित भएर ओलीले नेम्वाङलाई राष्ट्रपतिमा अघि सारे।

काेशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपरथी शाही २ महिनापछि थुनामुक्त, सेवाबाट बर्खास्त गर्ने सैनिक अदालतको फैसला

सैनिक अदालतले थुनामा वा कारागारमा पठाउने भनेर केही उल्लेख नगरेकाले उपरथी प्रेम शाही रिहा भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उमेर समूहमा लय फर्किएको क्रिकेट

सन् २००२ मा श्रीलंकामा आयोजित यू-१९ विश्वकपमा पहिलोपटक खेलेको नेपालले त्यसपछि सातपटक छनोट चरण पार गरेको थियो। सन् २०१६ यता बाधक बन्दै आएको यूएईलाई पन्छाउँदै नेपाल आठ वर्षपछि विश्वकपमा भाग लिँदैछ।

साइबर सुरक्षा नीति बनाउन सञ्चार मन्त्रालयले गठन गर्‍यो उच्चस्तरीय कार्यदल

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले जानकारी दिए।

‘पाम नट’ भन्दै सुपारी आयात, भन्सार विभागले थाल्यो अनुसन्धान

एक महिनाअघि भन्सारबाट पाम नट घोषणा गरेर छुटाइएको २८ टन सामग्रीमा शंका लागेर भन्सार विभागले परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाले सुपारी भएको पुष्टि गरेपछि विभागले अनुसन्धान अघि बढाएको छ।

विधानसभा निर्वाचन : त्रिपुरा र नागाल्यान्डमा भाजपा र मेघालयमा एपीपीको बहुमत

भारतको पूर्वोत्तर तीन राज्यमा भएको विधानसभा निर्वाचनमा भाजपा त्रिपुरा र नागाल्यान्डमा बहुमत सिटसहित विजयी भएको छ भने मेघालयमा एपीपीले बहुमत ल्याएको छ।

सञ्चालन खर्च नै उठाउन मुस्किल ठूला ५ पूर्वाधार : के हेरेर गरियो लगानी?

वैदेशिक ऋण र आन्तरिक स्रोतबाट बनाइएका केही ठूला पूर्वाधारले सञ्चालन खर्च पनि उठाउन मुस्किल देखिएको छ। आवश्यक अध्ययन तथा प्राथमिकता निर्धारणबिना बनाइएका यी आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिम छ।

यू-१९ टोलीका सदस्यलाई जनही १ लाख दिने क्यानको निर्णय

क्यानले यू–१९ टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ।

लिग– २ : नेपाल यूएईसँग पराजित

यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।

बालबालिकामाथि हुने दुर्व्यहार रोक्न कानून कार्यान्वयनमा जोड दिऊँ : मधेश प्रदेश प्रमुख मिश्र

मधेश प्रदेश प्रमुख मिश्रले बालबालिकामाथि हुने हिंसा रोक्न सबैले आ-आफ्नो क्षेत्रबाट कानून कार्यान्वयन गर्न/गराउन लाग्नु पर्ने बताए।

जी-२० सम्मेलनमा मोदीले भने- ठूला चुनौती सम्बोधनमा विश्वका शासकीय प्रणाली असफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला चूनौतीहरूको सामना गर्न विश्वका शासकीय प्रणालीहरू असफल बनेको बताएका छन्।

नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट 

एशियाली छनोट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा आयोजक यूएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ।

अमेरिका, रुस र यूएईका अन्तरिक्षयात्री सवार स्पेस एक्सको अन्तरिक्षयान प्रक्षेपण

अमेरिका, रुस र यूएईका ४ जना अन्तरिक्षयात्री ६ महिनाका अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहनेछन्।

ओलीले संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भनेपछि आफूहरूले नयाँ विकल्प खोजे बताएका छन्।

नेप्से २६.४७ अंकले घट्यो

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।

सुवास नेम्वाङलाई रास्वपाले भन्यो– पुस १० गतेको सहमतिलाई मध्यनजर गर्दै निर्णय लिन्छौँ

रास्वपा महामन्त्री ढकालले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा पुस १० गते भएको सहमतिलाई मध्यनजर गर्दै पार्टीले निर्णय लिने बताएका छन्।

लिग-२ : यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।

माओवादी स्थिर बस्ने पार्टी होइन : हरिबोल गजुरेल

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको बताएका छन्।

देशभरका नागरिकले राष्ट्रिय परिचयपत्रको आवेदन दिने पाउने गरी काठमाडौँमा थपियो ५ केन्द्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ केन्द्र स्थापना गरी राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको प्रक्रियालाई सहज बनाएको छ।