AnonymousUser

Logout

एक दिवसीय विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल अहमदाबादमा

अक्टोबर ५ देखि शुरू हुने विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्। 

अर्थमन्त्रीको प्रष्टीकरण– जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

निर्वाचन कार्यालय स्वतन्त्र अस्तित्वको रहने जिकिर गर्दै अर्थमन्त्री महतले प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गरे।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो।

एमाले र रास्वपाको अवरोधपछि संसद् बैठक स्थगित 

एमाले र रास्वपाका सांसदले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएका छन्।

पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै

सडक सम्पर्क टुटेपछि यात्रु तथा बिरामी फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन्। ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालेको छ।  

अस्ट्रेलियाको संग्रहालयबाट फिर्ता ल्याइँदै पुरातात्त्विक महत्त्वका कलाकृति 

नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।

इलामको माङ्सेबुङमा आगलागी: ८ घर जले

गएराति दुई बजे शुरू भएको आगलागी बिहान नौ बजेसम्म नियन्त्रणमा आएको छैन।

झापामा ट्रकले कारलाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु, ५ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–९ मा ट्रक र कार ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार बाबुछोरीको मृत्यु भएको छ।

श्रीलंका र थाइल्यान्डबीच पाँचौँ चरणको एफटीए वार्ता जारी

सोमबार शुरू भएको वार्ताले आसियान देशमा विशेष ध्यानकेन्द्रित गर्दै प्रमुख र उदीयमान अर्थतन्त्रसँग आर्थिक सम्बन्ध सुदृढ बनाउने अपेक्षा छ।

गाउँपालिकाको नारा: सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ

देशका मुख्य शहर काठमाडौँ, पोखरा, बुटवल र विराटनगरमा ‘बन्दीपुर घुम्न जाउँ’ अभियानसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ।

राष्ट्रसंघको शान्ति विभाग हेर्ने उपमहासचिव नेपाल आउँदै

नेपाल भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

‘भावनात्मक रूपमा कमजोर मान्छेले देश परिवर्तनको मुद्दा बोकेर हिँड्न सक्छ?’

कक्षामा पस्नेबित्तिकै शिक्षकले ‘ल किताब खोलौँ’ भनेर पढाइ शुरू गर्नुअघि, ‘आजको दिन कस्तो भयो? कस्तो महसुस भइरहेको छ?’ जस्ता सामान्य विषयका कुराकानीबाट कक्षा शुरू गर्नु राम्रो हुन्छ।

मौसम पूर्वानुमान: कुन–कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना?

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

बजेट संशोधन नभई पारित हुने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गर्नुपूर्व नै धेरै छलफल गरिएकोले विधिभित्र रहेर बजेट पारित हुने बताएका छन्।

माओवादी सांसदको आरोप : ओलीले पशुपतिमा बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने तर्क गरे।

अमेरिकाविरुद्ध जिम्बावेको फराकिलो जित

जिम्बावेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्रै बनाउन सक्यो।

नक्कली शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार प्रतिवादी आशीष बुढाथोकीलाई प्रहरीले मण्डिखाटारबाट पक्राउ गरेको छ।

भू–माफियासँग लडेर हाडीगाउँबासीले जोगाएको सरकारी जग्गा नेताको प्रतिष्ठानलाई जिम्मा लगाइयो

मालपोत कार्यालयलाई ‘मिलाएर’ भू–माफियाले कब्जा गरेको सरकारी जग्गा फिर्ता ल्याउन हाडीगाउँबासी १० वर्ष लडे। त्यही जग्गा सरकारले नेताको प्रतिष्ठानलाई सुम्पेपछि उनीहरूको अर्को संघर्ष शुरू भएको छ।

समता फाउन्डेसनमा उत्पन्न आन्तरिक विवाद सर्वोच्च पुग्यो

पछिल्लो मुद्दामाथिको सुनुवाइमा २०७९ फागुन १ गते भएको संस्थाको वार्षिक साधारण सभाको निर्णय विवादित रहेको भनी निवेदकहरूले गरेको दाबी सर्वोच्च अदालतले तत्कालका लागि स्विकारेको छ। 

अञ्जनले पाकिस्तानविरुद्धको अन्तिम खेल गुमाउने

साबिक उपविजेता रहेको नेपाल साफबाट बाहिरिसकेको छ।