आयरल्यान्डले दिएको ३५० रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटियो।
मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिकामा गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।
राजनीतिका ‘हाइ–प्रोफाइल’हरूलाई समेत त्राहिमाम् पारेको ललिता निवास जग्गा प्रकरणमा फेरि अघि बढेको प्रहरी अनुसन्धानले धेरैको ध्यान खिचेको छ।
पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका निजी सुरक्षा अधिकृत सई सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गरेपछि उनी फरार भएको जानकारीमा आएको थियो।
उच्च अदालत पाटनबाट पक्राउविरुद्ध पहिल्यै ‘स्टे–अर्डर’ लिएका कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली रिहा भएका छन्।
प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै प्रमुख शाहसँग स्पष्टीकरण माग गरेको थियो। प्राधिकरणको उक्त निर्णयविरुद्ध प्रमुख शाहले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको प्रस्ट्याइन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताएका छन्।
प्रमुख प्रतिपक्षी दलले बजेटको सूचना चुहावट भएको दाबी गर्दै बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।
संविधानविद् खिमलाल देवकोटाले चर्चाको विषयलाई समितिले छलफल गरेर निर्देशन दिइहाल्ने परिपाटी, निर्णयमा गाम्भीर्य र गुणस्तर हुन नसक्नु पनि निर्देशन कार्यान्वयन नहुनुका कारण रहेको बताए।
कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।
न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको चर्चा चलिरहेका बेला मन्त्री गुरुङले संवैधानिक अधिकारभित्रै रहेर न्यायाधीश नियुक्ति हुने दाबी गरेका छन्।
अलिबाबाका संस्थापक एवं चिनियाँ व्यापारी ज्याक मासहितको टोली काठमाडौँ आएको छ।
मल आपूर्तिकै लागि स्थापित कृषि सामग्री कम्पनीलाई पन्छाउँदै साल्ट ट्रेडिङ कर्पोरेसनलाई बजेट दिएर सार्वजनिक खरिद ऐन र नियमावली विपरीत प्रतिबन्धित मुलुक इरानबाट आयातित मललाई ओमनको भनेर ढाँटियो।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीको टोलीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई नियन्त्रणमा लिएको छ।
मन्त्री श्रेष्ठले काठमाडौँका स्ववासीलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन्।
दुई मिनट लामो अडियोमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले ‘यी तिनै कागजात हुन्’ भन्दै अमेरिकी रक्षा संयन्त्रको मुख्यालय पेन्टागनको अति–गोप्य योजनाबारे आफ्ना सहयोगीमाझ चर्चा गरेको सुनिन्छ।
सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन आमाबुबा तथा अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ।
कोभिड महामारीपछि डिजिटल कारोबार विस्तारसँगै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी ओटीपी मागेर ठगी गर्ने घटना बढेका छन्। चिठ्ठा परेको, आइफोनजस्ता महँगो सामग्री सस्तोमा दिने मेसेज पठाएरसमेत ठगी भइरहेको छ।