कांग्रेस नेता शेखर कोइराला पक्षीय ८ सांसदले माओवादीका आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरी मुख्यमन्त्रीमा दाबी पेस गरेको र त्यसलाई मान्यता नदिन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका छन्।
लाओसविरुद्धको खेलमा एरिकले प्रहार गरेको कर्नर बललाई हेडिङमार्फत गोलमा परिणत गर्दै अञ्जनले हरि खड्का र नीराजन रायमाझीको सर्वाधिक १३ गोलको कीर्तिमान बराबर गरेका छन्।
नेपालमा स्वास्थ्य सेवाकै लागि बेलायती नागरिक शेर्ली हेवुड चिकित्सक बनेकी थिइन्। २० वर्षअघि नेपाल आएकी डा. शेर्लीको कारण कर्णालीका महिलाको लागि ‘निको नहुने रोग’ बनेको फिस्टुलाको उपचार सामान्य भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले १ गोलको अग्रता बनाएको छ।
भारतीय प्रधानमन्त्री मोदीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको विषयमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्।
ब्यानर काट्न आउनेले भाग्दा खसालेको मोबाइल फोन कसको रहेछ भनी राखिएको जिज्ञासामा राति घटनास्थल पुगेर फर्किएका इन्स्पेक्टर सिंहले भने- 'यसबारे अनुसन्धान चल्दैछ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले अग्रता लिएको छ।
जिन्जरले आफूले फलाएको यस फर्सीलाई अमेरिकाका बास्केटबल खेलाडी माइकल जोर्डनको नाम दिएका छन्।
कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री दाबी गरेका छन्।
इजरायलमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली बुधबार राति त्यहाँ प्रस्थान गरेको थियो।
माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्र चलायमान गराउन र निजीक्षेत्रको मनोबल बढाउन सरकारले कडा कदम चाल्न आवश्यक रहेको बताए।
बिहीबार पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन।
घरमा प्रयोग हुने इनामेल पेन्टमा सरकारले तोकेभन्दा २५४ गुणासम्म धेरै सिसा मिसाइएको पाइएको छ। सिसा शरीरमा पर्दा बालबालिकाको स्नायु प्रणालीका साथै वयस्कको मिर्गौला तथा प्रजनन् स्वास्थ्यमा असर पुग्छ।
बिहीबारको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ, जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कोशीमा दलहरू मिलेर सरकार बनाउने जनादेश प्राप्त भए पनि कांग्रेसले नचाहँदा संकट आएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ छ।
बौद्धमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल फर्किन लागेका कास्कीका सुरज भण्डारीले नेपाल एअरलाइन्सकाे जहाज विमानस्थलमा अवतरण गरिसकेको र आफू जहाज नजिक पुगेको जानकारी दिएका छन्।
सांसदहरूले चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी बढेको, गाडीभाडा बढाइएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि पहल थाल्न आग्रह गरेका छन्।
सत्तागठबन्धनले काशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ।
रास्वपा सभापति एवं सांसद रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जी भ्रमणबारे सरकारको जवाफ माग गरेका छन्।