आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको छ।
काठमाडौँ जिल्ला अदालतले तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका राहुल महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले इमान र सत्यको शत्रु आफ्ना विरोधी रहेका भन्दै समृद्धितर्फ अगाडि बढ्नेबित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताए।
कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोइरालासँग छलफल गरेर निर्णय लिने बताए।
संयुक्त राष्ट्रसंघका अनुसार प्रत्येक दिन डेढ सय महिला सुत्केरी भइरहेका छन्। अहिलेको याे कठिन समयमा उनीहरूलाई बच्चा जन्माउनको लागि सुरक्षित स्थान पनि छैन।
निर्यात बढाएर व्यापार घाटा कम गर्न रणनीतिक योजना बनाएको सरकारले पाँच वर्षमा साढे ४ खर्ब खर्चिंदैछ। यसअघि, २०७३ सालमा बनाइएको रणनीति कार्यान्वयनमा रहे पनि व्यापार घाटा कम हुनसकेको छैन।
पुस्तक लेखनका क्रममा क्यान्सर भएको, त्यतिबेला आफ्नो स्वास्थ्यको भन्दा लेख्न नपाउने हो कि भन्ने चिन्ताले आफूलाई पिरोलेको लेखक लम्सालको भनाइ छ।
मुख्यमन्त्रीका दाबीकर्ताले ४७/४७ सदस्यहरूले समर्थन गरेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले सबै सांसदहरूलाई उपस्थित गराएर सनाखत गराउन लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीति मात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताएका छन्।
कार्कीसहित आठ कांग्रेस सांसदहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन्।
हमासको आक्रमणमा इजरायलमा १० नेपालीको मृत्यु, २५४ जनाको उद्धार, त्रिवेणी ग्रुपको ‘हित’मा चिया विकास निगम निजीकरण, १ महिनालाई पुग्ने चिनी व्यापारीका गोदाममा सहित यो साता यी खबरले बनाए हेडलाइन।
एमसीए–नेपालले प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा अनुमानभन्दा उच्च लागत प्रस्ताव आएको भन्दै ठेक्का रद्द गरिएको जनाएको छ।
नेपाल काभा पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा साउदी अरबसँग पराजित भएको छ।
नेता–कार्यकर्ता एकजुट कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने नेता शशांक कोइरालाको भनाइ छ।
प्रतिनिधिसभाको बैठक आगामी कात्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
एउटा ग्रिनेड विपिन जोशीले हातले समातेर बंकर बाहिर फालेको थियो रे। त्यसको ५ सकेन्डमै उक्त ग्रिनेड पड्केछ। त्यसपछि साथीहरू पानी खान भनेर बाहिर धारामा गएको बेला गोली प्रहार भएछ।
सांसदहरूले हवाई तथा स्थलमार्गको यात्रा सहज बनाउन, टिकटमा भइरहेको कालोबजारी रोक्न, बजारको प्रभावकारी अनुगमन गर्न सकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले मुख्यमन्त्री दाबी गरेका केदार कार्की र उनलाई समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ।
विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै शान्ति समाजले सिंहदरबारअगाडि विरोध प्रदर्शन गरेको छ।