AnonymousUser

Logout

टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजनासम्बन्धी सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको छ।

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्नुपर्नेमा सांसदको जोड

सांसद डा. विमला राई पौड्यालले अपांगता भएका व्यक्तिलाई नीति निर्माण र निर्णय प्रक्रियामासमेत सहभागी गराउनुपर्ने बताइन्। 

पीडापछिको खुशी

‘बाँचेर फर्कियौँ’

युद्धग्रस्त मुलुक इजरायलबाट २५४ जना नेपाली शुक्रबार बिहान नेपाल आइपुगेका छन्। उनीहरूलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको हो। इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो। नेपाल फर्किन चाहने अन्य नागरिकलाई पनि चाँडै ल्याउने सरकारले जनाएको छ।

चितवनका अस्पतालमा बिरामीको चाप, स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताएका छन्।

राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

मस्यौदा समितिले राष्ट्रियसभा तथा समिति सञ्चालनका क्रममा देखापरेका कठिनाइ पहिचान गरी नियमावली संशोधन मस्यौदा तयार गर्नेछ। 

'पपुलिजम'ले सिकाएको पाठ पनि हो हमासको त्रास

इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति स्थापना गर्ने प्रयासलाई पूर्णरूपमा त्यागेको र दशकौँदेखि लाखौँ प्यालेस्टिनीहरूलाई कब्जामा राखेको बारे गर्नुपर्ने आलोचना धेरै छ।

कोशी सरकार गठनमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावका विषयमा बैठकमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

कोशीमा कांग्रेसले बोलायो प्रदेश कार्यसम्पादन समितिको बैठक 

शेखर समूहले  एमालेसँग मिलेर गरेको विद्रोहबारे निर्णय गर्न कांग्रेसले प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

तीर्थयात्री घटेपछि फुर्सदिला बने कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित

तीर्थयात्री कम हुँदा म्याग्दी र मुस्ताङका होटल, यातायातदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ। 

नेपालगन्जको बीपीचोकमा आगलागी: ७ पसलमा क्षति

शुक्रबार बिहान लागेको आगो नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको छ।

विश्वकप छनोट: अर्जेन्टिनाले पाराग्वेलाई हरायो

विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको छ।

इजरायली आक्रमणमा १ हजार ५०० प्यालेस्टिनीको मृत्यु, गाजामा ४ लाख विस्थापित

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा छ हजार २६८ जना घाइते भएका छन्। 

सल्बलाउँदै छ अतिवाद, समाजलाई जोगाउने कसरी

मुलुकको पछिल्लो राजनीतिक परिवर्तनसँग असहमत केही समूह नेपालमा पनि धार्मिक र जातीय विभाजनको बीजारोपण गर्न सक्रिय छन्। धर्मको आडमा राजनीतिक उद्देश्य प्राप्ति गर्ने उनीहरूको धृष्टता छ।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

राति, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

इजरायलबाट नेपालीको उद्धार: २५४ जना काठमाडौँ आइपुगे

इजरायलबाट नेपाल फर्कन चाहने ५०३ जनामध्ये पहिलो चरणमा २५४ जना शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्।

खेल

नेपाल–लाओसबीचको प्रतिस्पर्धा

नेपालले विश्वकप छनोटअन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओसविरुद्ध १–१ को बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा पछि पारे नेपालले दोस्रो हाफको शुरूआतमा खेलमा बराबरी गरेको हो। नेपालका लागि अञ्जन विष्टले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए। यो गोलसँगै अञ्जनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्। उनले हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन्।

सहयात्रीमा नै शान्तिप्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री

शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन माओवादी केन्द्र र सरकारजस्तो इमानदार प्रतिपक्षी दल नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ छ।

नेपाली हवाईक्षेत्रलाई ईयूको सुरक्षा चासो सूचीबाट हटाउन अर्थमन्त्रीको आग्रह

ईयूले सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन्।

पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

पर्यटनलाई उद्योगको रूपमा अगाडि बढाउन नसके देश आर्थिक रूपमा अघि बढ्न नसक्ने उद्योगमन्त्री रमेश रिजालको भनाइ छ।

विदेशबाटै मतदाता नामावली दर्ता गर्न कार्यविधि तयार

विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइनमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।