AnonymousUser

Logout

नेपाल इटलीसँग १० विकेटले पराजित

नेपालले पेस गरेको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै भेटायो।

इटलीसामु नेपालको सामान्य लक्ष

वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा सीमित भयो।

साताको अन्तिम कारोबार दिन सामान्य बढ्यो नेप्से

साताको शुरूदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा अन्तिम दिन भने सुधार देखिएको हो।

बांग्लादेश चुनाव: मतदान केन्द्रमा झडपपछि बीएनपी नेताको मृत्यु

बांग्लादेशको खुलना सदर क्षेत्रको आलिया मदरसा मतदान केन्द्रमा दुई समूहबीच भएको झडपपछि बीएनपीका नेता कोचीको मृत्यु भएको छ।

नेपालले इटलीविरुद्ध शुरूमा ब्याटिङ गर्दै

नेपालले आजको खेलका लागि एक खेलाडी परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी फिल्डमा उत्रेका छन्।

फागुन ३ भित्र घोषणापत्र पेस गर्न उम्मेदवारलाई आयोगको निर्देशन

आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन पत्राचार गरेको छ।

बांग्लादेशमा जेन–जी विद्रोहपछि पहिलो मतदान

वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।

भेडेटारको पर्यटनमा स्काइवाकले थपेको ‘एड्भेन्चर’

धनकुटाको भेडेटारमा गर्मी मौसममा पनि हुस्सु लागेर चिसो हुने हुँदा तराई र भारतको बिहारबाट समेत गर्मी छल्न पर्यटक आउँछन्। छोटो बसाइका लागि आउने यी पर्यटकको रोजाइ बन्न थालेको छ यहाँको स्काइवाक।

कहिले पूरा हुन्छ संसद्‌ भवन?

नयाँ संसद्‌ भवनमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष रहनेछ। जसमा ४०० सिट मुख्य सभाहलमा र ३०० सिट बाल्कोनीमा रहनेछन्।

जिपको ठक्करबाट चितवनमा १ जनाको मृत्यु, ४ घाइते

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई  जिपले ठक्कर दिँदा अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको मृत्यु भएको छ।

अन्तर्वार्ता

‘निर्वाचनमा हुने बाचाहरूको अनुगमन र पूरा नहुँदा सजाय दिने संयन्त्र आवश्यक’

‘जटिल प्रश्नमा प्रवेश गर्दा मान्छे रिसाउन सक्छन्। मान्छे खुशी भएनन् भने भोट हाल्दैनन्। तिनले भोट नहाले सत्तामा जान सकिँदैन। त्यसो भएपछि अप्ठ्यारा प्रश्नमा प्रवेश नै नगर्ने?’

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यस वर्ष रासायनिक मलको आयात घट्ने

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि सरकारले गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन कम मल आयात गर्ने भएको छ।

गोपनीयता भंगको आरोपमा पक्राउ परेका रास्वपाका जिल्ला नेतामाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रहरीले रास्वपाका जिल्ला संगठन प्रमुख रिखीराम भट्टराईलाई सरकारी कागजात फेसबुकमा राखेर गोपनीयता भंग गरेको आरोपमा पक्राउ गरी अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ।

राजकुमार शर्मा नेकपाबाट निष्कासित

नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका सांसद राजकुमार शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै उनको सांसद पद रिक्त गर्न प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ।

आहा रारा पोखरा गोल्डकप: मछिन्द्रलाई हराउँदै जावलाखेल क्वार्टरफाइनलमा

जावलाखेल मछिन्द्र फुटबल क्लबलाई २–० को गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ।

५ लाख आप्रवासीलाई कानूनी मान्यता दिने स्पेनको निर्णय विवादमा

पाँच लाख अवैध आप्रवासीलाई कानूनी मान्यता दिने स्पेनको निर्णयले सदस्य राष्ट्रबीचको आप्रवासन व्यवस्थापनमा असन्तुलन ल्याउन सक्ने भन्दै ईयूले अन्य मुलुकमा नकारात्मक प्रभाव नपार्न सचेत गराएको छ।

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न यातायात व्यवसायीको माग

रामेछाप र बैतडीमा भएका दुर्घटनामा २५ जनाको मृत्यु भएपछि यातायात व्यवसायी महासंघले घटनाको छानबिन र पुराना प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

ज्यान मार्ने धम्की दिनेविरुद्ध ६ मुद्दा, अनुसन्धानका लागि ३ दिन म्याद थप

अख्तियारका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको अभियोगमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकविरुद्ध ६ वटा मुद्दामा अनुसन्धानका लागि अदालतले तीन दिनको म्याद थप गरेको छ।

बागमतीका तत्कालीन मेयर थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५८ करोड ६२ लाख बिगो माग

सागरनाथ वनको १५० बिघा जग्गामा माछा पोखरी निर्माण र नदीजन्य पदार्थ उत्खनन गर्दा ५८ करोड ६२ लाख रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा अख्तियारले बागमतीका तत्कालीन मेयर भरतकुमार थापासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।