AnonymousUser

Logout

माडीको वैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि चितवनको माडीस्थित वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ।

कृषि पढ्ने विद्यार्थी घटे, पाठ्यक्रम परिमार्जन गर्ने तयारी

प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागिएको छ। हालसम्म प्रयोगात्मक ३७ र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ४५ प्रतिशत पुर्‍याउने तयारी छ।

सरकारले बजेट दिएन, श्रमदानबाट नहर सफा गर्दै किसान

२०५८ सालमा सञ्चालनमा आएको भुर्षा सिँचाइ नहर मर्मतमा पछिल्लो समय सरकारले बजेट  विनियोजन गरेको छैन। त्यसैले किसान आफैँ मर्मत तथा सरसफाइमा जुटेका छन्।

भूकम्पको प्रभाव: जाजरकोटमा १ हजार ७६ सुत्केरी त्रिपालमुनि

भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको भीड नै लागेको छ।

राजनीतिक नेतृत्वले आफ्नो कमजोरी महसुस गर्नुपर्छ

हामीले चाहेको नयाँ संघीय व्यवस्थामा नेता शासक या राजा होइन, सेवक हुनुपर्थ्यो। कमजोर जनता बलियो बन्नुपर्थ्यो। सामूहिकता प्रधान हुनुपर्थ्यो। 

गाजामा जारी युद्धविराम थप २ दिन बिस्तार

इजरायल र हमासबीच गाजामा शुरू भएको चार दिने युद्धविराम मंगलबार सकिँदै थियो।

कस्तो रहनेछ मंगलबारको मौसम?

देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु

भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु भएको छ। गुजरातका केही क्षेत्रमा २४ घण्टाको अवधिमा १४४ मिलिलिटरसम्म वर्षा भएको बताइएको छ।

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाँदै

प्रधानमन्त्री दाहालले डिसेम्बर १–२ मा आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप उपलब्ध गराउने

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपीभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपीभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए।

नेपाल सुपर लिग : अमथको गोलमा इलामको पहिलो जित

नेपाल सुपर लिगअन्तर्गत दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा इलामले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ।

उपरथीमा बढुवा भएका सिलवालले लगाए दर्ज्यानी चिह्न

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

भूकम्प प्रभावित बसेको बस्ती हटाउँदै डिभिजन वन

६ महिना रहने गरी उपलब्ध गराइएको स्थानमा पक्की घर निर्माण, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएकाले हटाउन लागिएको डिभिजन वन कार्यालय, चितवनले जनाएको छ।

ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन पत्र काट्ने तयारी

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा माओवादी नेता ल्हारक्याल लामाले निजी निवासका लागि हडपेको २ रोपनी १ आनासहित अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन स्थानीय सरकारले अग्रसरता देखाएको छ।

समितिमा विचाराधीन विधेयक अघि बढाउन सभामुखको सक्रियता

सोमबार नौ वटा समितिका सभापति र समिति–सचिवबीच विचाराधीन विधेयकको अवस्था र समितिको भावी कार्ययोजनाबारे सभामुख घिमिरेले छलफल गरेको संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरीले जानकारी दिए। 

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए।

अर्थतन्त्र चलायमान बनाउन सामाजिक सुरक्षा कोषमा संकलित रकम उत्पादन र पूर्वाधारमा लगानी गरौँ : निजी क्षेत्र

निजी क्षेत्रले सामाजिक सुरक्षा कोषजस्ता रकम संकलन हुने कोषको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताएको छ।

गणतन्त्रविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास सफल हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले वर्तमान परिवर्तनका बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पछाडि फर्काउन नसक्ने दाबी गरे।

शुभमन गिल गुजरात टाइटन्सको कप्तान नियुक्त

गुजरात टाइटन्सले आईपीएलका लागि शुभमन गिललाई कप्तान नियुक्त गरेको छ। २४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएल करियर शुरू गरेका थिए।

शिख धर्मका संस्थापक गुरु नानकको नेपाल साइनो

गुरु नानक काठमाडौँ आएको बखत बसेको ठाउँलाई अहिले पनि गुठी संस्थानले संरक्षण गरिरहेको छ। सोह्रखुट्टे नयाँ बजारनजिकै विष्णुमती नदीछेउमा उनी बसेको डाँडामा प्राचीन उदासीन श्री गुरु नानक मठ रहेको छ।